back
NMB ad

सिटिजन्स बैंकले कमायो डेढ अर्ब नाफा, वितरणयोग्य नाफा कति ?

Kumari bank ad

काठमाडौं । सिटिजन्स बैंकले गत आर्थिक वर्ष २०७७–७८ को चौथो त्रैमासको वित्तीय अवस्था सार्वजनिक गरेको छ । बैंकका अनुसार यो अवधिमा ३३.४० प्रतिशतले नाफा बढाएर १ अर्ब ५९ करोड ८७ लाख ९३ हजार रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा बैंकको नाफा १ अर्ब १९ करोड ८५ लाख ४ हजार रुपैयाँ रहेको थियो ।

यो अवधिमा बैंकको वितरणयोग्य नाफा पनि बढेको छ । अघिल्लो आव ८२ करोड ३९ लाख ९९ हजार रुपैयाँ रहेकोमा गत आवसम्म आइपुुग्दा ९१.५७ प्रतिशतले बढेर १ अर्ब ५७ करोड ८५ लाख ५० हजार रुपैयाँ पुगेको छ ।

बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा आएको सुधारले नाफा बढाउन सहयोग गरेको देखिएको छ । बैंकको खुद ब्याज आम्दानी २५.८ प्रतिशतले बढेर ३ अर्ब ६० करोड ८१ लाख ४९ हजार रुपैयाँ पुगेको छ । यस्तै सञ्चालन मुनाफा पनि ४३.६६ प्रतिशतले बढेर २ अर्ब १५ करोड ३५ लाख २३ हजार रुपैयाँ रहेको छ ।

बैंकले सिर्जना फाइनान्सलाई एक्वायर गरेर पुँजी बढाएको छ । १२ अर्ब ५७ करोड ६९ लाख २३ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ४ अर्ब ४१ करोड ७९ लाख २३ हजार रुपैयाँ रहेको छ । १ खर्ब ४० अर्ब ६३ करोड ८४ लाख ११ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले १ खर्ब १८ अर्ब ५७ करोड ८ लाख ७७ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।

यो अवधिमा बैंकको खरब कर्जा २.७७ प्रतिशत रहेको छ । गत आवको सोही अवधिमा १.२२ प्रतिशत रहेको थियो । प्रतिसेयर आम्दानी १५ रुपैयाँ ३८ रुपैयाँ रहेको बैकको प्रति सेयर नेटवर्थ १४८ रुपैयाँ ४९ पैसा रहेको छ ।

वि.सं.२०७८ साउन १५ शुक्रवार ०७:४६ मा प्रकाशित

You can share this post!

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२२

काठमाडौँ, ७ वैशाखः चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान...