back
Hero Ad

डिप्रोक्स लघुवित्तको नाफा १५९.५४ % ले बढ्यो, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय अवस्था सार्वजनिक गरेको छ ।

संस्थाले गत आवको सोही अवधिमा नाफा १५९.५४ प्रतिशतले बढेर ७१ करोड ३७ लाख २९ हजार रुपैयाँ रहेको छ । संस्थाले गत आवको सोही अवधिमा २७ करोड ४९ लाख ९१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

गत आवको असार मसान्तसम्ममा संस्थाको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा आएको सुधारले नाफा बढाउन निकै सहयोग गरेको छ । अघिल्लो आवको चौथो त्रैमसमा ९५ करोड ९७ लाख १ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा गत आवको सोही अवधिमा ४२.७८ प्रतिशतले बढेर १ अर्ब ३७ करोड ३ लाख १६ हजार रुपैयाँ पुगेको छ । यस्तै सञ्चालन मुनाफा पनि ६६.३१ प्रतिशतले बढेर ७६ करोड ८१ लाख ९१ हजार रुपैयाँ पुगेको छ ।

१ अर्ब १५ करोड ६२ लाख ४८ हजार रुपैयाँ चुक्ता पुँजी रहेको संस्थाको जगेडा कोषमा १ अर्ब २९ करोड ४५ लाख ७८ हजार रुपैयाँ रहेको छ ।
६ अर्ब निक्षेप ५४ करोड १७ लाख ६७ हजार रुपैयाँ संकलन गरेको संस्थाले १५ अर्ब २३ लाख ३८ हजार ४१ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।
यो अवधिमा संस्थाको खराब कर्जा २.४७ प्रतिशतबाट घटेर ०.९२ प्रतिशतमा झरेको छ । प्रतिसेयर आम्दानी ६१ रुपैयाँ ७३ पैसा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ २११ रुपैयाँ ९६ पैसा रहेको छ ।

वि.सं.२०७८ साउन १५ शुक्रवार १०:३२ मा प्रकाशित

You can share this post!

दसैंमा राष्ट्रपति भण्डारीले मन्त्रीदेखि सर्वसाधारणलाई टीका लगाइदिने

दसैंमा राष्ट्रपति भण्डारीले मन्त्रीदेखि सर्वसाधारणलाई टीका लगाइदिने

वि.सं.२०७९ असोज १३ बिहीवार १७:३७

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले बडादसैंको टीका इच्छुक मन्त्रीदेखि सर्वसाधारणलाई लगाइदिने...

मुगुमा नियमित उडान भर्न सरोकारवाला निकायको जोड

मुगुमा नियमित उडान भर्न सरोकारवाला निकायको जोड

वि.सं.२०७९ असोज १३ बिहीवार १७:३२

खड्क सुनार, मुगु । मुगुमा नियमित उडान भर्न सरोकारवाला निकायले...

आइएमई दसैँ अफर : चौथो हप्ताको नतिजा घोषणा

आइएमई दसैँ अफर : चौथो हप्ताको नतिजा घोषणा

वि.सं.२०७९ असोज १३ बिहीवार १६:५१

काठमाडौं । दसैँ, तिहार, छठ र नेपाल सम्वत् जस्ता चाडपर्वहरूका...

सानिमा बैंकको दशैं र तिहारमा विशेष छुटको योजना

सानिमा बैंकको दशैं र तिहारमा विशेष छुटको योजना

वि.सं.२०७९ असोज १३ बिहीवार १६:४३

काठमाडौं । नेपालीहरुको महान चाड वडा दशैंं र तिहारको अवसरमा,...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन, प्रतिकित्ता कति ?

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन, प्रतिकित्ता कति ?

वि.सं.२०७९ असोज १३ बिहीवार १६:३४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले नेपाल ल्युब आयलको मूल्य...

दुग्ध विकास संस्थानद्वारा चाडपर्वका अवसरमा उपभोक्तालाई भारी छुट

दुग्ध विकास संस्थानद्वारा चाडपर्वका अवसरमा उपभोक्तालाई भारी छुट

वि.सं.२०७९ असोज १३ बिहीवार १६:१०

काठमाडौं । दुग्ध विकास संस्थान लैनचौरले चाडपर्वका अवसरमा उपभोक्तालाई दुग्धजन्य...