back
Hero Ad

मध्य भोटेकोशी जलविद्युतको आइपीओ भर्ने समय थपियो, अब कहिलेसम्म ?

काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनीको साधारण सेयर (आइपीओ)मा आवेदन दिने समय थपिएको छ ।

कम्पनीका अनुुसार अब साउन ३२ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीले आज (१७ गते) सम्म आयोजना प्रभावित स्थानीयको लागि आवेदन दिने समय तोकेको थियो । कम्पनीले सिन्धुपाल्चोक जिल्लाका आयोजना प्रभावित स्थानीयका लागि ६० लाख कित्ता आइपीओ निष्कासन गरेको छ ।

६० लाखमा १८ लाख कित्ता भोटेकोशी गाउँपालिका १ र ५ (साविकको लिस्ती र मार्मिंग गाविस) र बाह्रबिसे नगरपालिका– ५,६,७ र ८ (साविकको गाती, घुम्पांग र मानेश्वरा गाविस) का स्थानीयलाई छुट्याईएको छ । बाँकी ४२ लाख कित्ता सन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्रका स्थानीयलाई छुट्याइएको छ ।

उक्त आईपीओमा आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था, जिल्लामा रहेको ३६ वटा र काठमाडौंका ७ वटा संकलन केन्द्रबाट आवेदन दिन सकिने छ । लगानीकर्ताले न्यूनतम ५० देखि अधिकतम ४०० कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् ।

वि.सं.२०७८ साउन १७ आइतवार १०:०३ मा प्रकाशित

You can share this post!

शेयर बजार सम्बन्धी तालिम प्रदान गर्न प्रभु क्यापिटल र क्वेस्ट कलेजबीच सम्झौता

शेयर बजार सम्बन्धी तालिम प्रदान गर्न प्रभु क्यापिटल र क्वेस्ट कलेजबीच सम्झौता

वि.सं.२०७९ असोज १३ बिहीवार १९:४७

काठमाडौं । देशमा दक्ष व्यवस्थापकीय क्षमता भएका जनशक्ति उत्पादन गर्ने...

दसैंमा राष्ट्रपति भण्डारीले मन्त्रीदेखि सर्वसाधारणलाई टीका लगाइदिने

दसैंमा राष्ट्रपति भण्डारीले मन्त्रीदेखि सर्वसाधारणलाई टीका लगाइदिने

वि.सं.२०७९ असोज १३ बिहीवार १७:३७

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले बडादसैंको टीका इच्छुक मन्त्रीदेखि सर्वसाधारणलाई लगाइदिने...

मुगुमा नियमित उडान भर्न सरोकारवाला निकायको जोड

मुगुमा नियमित उडान भर्न सरोकारवाला निकायको जोड

वि.सं.२०७९ असोज १३ बिहीवार १७:३२

खड्क सुनार, मुगु । मुगुमा नियमित उडान भर्न सरोकारवाला निकायले...

आइएमई दसैँ अफर : चौथो हप्ताको नतिजा घोषणा

आइएमई दसैँ अफर : चौथो हप्ताको नतिजा घोषणा

वि.सं.२०७९ असोज १३ बिहीवार १६:५१

काठमाडौं । दसैँ, तिहार, छठ र नेपाल सम्वत् जस्ता चाडपर्वहरूका...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन, प्रतिकित्ता कति ?

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन, प्रतिकित्ता कति ?

वि.सं.२०७९ असोज १३ बिहीवार १६:३४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले नेपाल ल्युब आयलको मूल्य...

दुग्ध विकास संस्थानद्वारा चाडपर्वका अवसरमा उपभोक्तालाई भारी छुट

दुग्ध विकास संस्थानद्वारा चाडपर्वका अवसरमा उपभोक्तालाई भारी छुट

वि.सं.२०७९ असोज १३ बिहीवार १६:१०

काठमाडौं । दुग्ध विकास संस्थान लैनचौरले चाडपर्वका अवसरमा उपभोक्तालाई दुग्धजन्य...