back
NMB ad

डिम्याट खातामा आईपुग्यो युनियन लाइफको आईपीओ, यस्तो छ आपनिङ्ग रेञ्जको संकेत !

Kumari bank ad

काठमाडौं । युनियन लाईफ इन्स्योरेन्स कम्पनीको आईपीओ सेयरधनीहरुको डिम्याट खाताको आएको छ । उक्त आईपीओ यूएलआई स्टक कोडसहित डिम्याट खातामा आएको हो ।

कम्पनीले दोस्रो बजारमा पहिलो कारोबारको लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से) बाट ११५ रूपैयाँ १३ पैसादेखि ३४५ रुपैयाँ ३९ पैसा सम्मको ओपनिङ रेञ्ज पाउने देखिएको छ ।

कम्पनीले नेपाल धितोपत्र बोर्डमा बुझाएको विवरण पत्रअनुसार कम्पनीको पछिल्लो वास्तविक प्रति सेयर नेटवर्थ ११५.१३ रुपैयाँ रहेको छ ।

उक्त नेटवर्थ अनुसार कम्पनीले पहिलो सेयर कारोबारको लागि सो बराबरको ओपनिङ रेन्ज पाउने देखिएको हो । नेप्सेले कुनै पनि कम्पनीको पहिलो सेयर करोबारको लागि प्रतिसेयर नेटवर्थको विन्दुदेखि त्यसको तीन गुणासम्मको विन्दुलाई लिएर ओपनिङ रेञ्ज तोक्ने भएकाले कम्पनीले उक्त मूल्य रेञ्ज पाउने भएको हो ।

आर्थिक वर्ष २०७५/७६ अन्त्यसम्म कम्पनीको नेटवर्थ ११५ रुपैयाँ १३ पैसा रहेको छ । अब कम्पनीको सेयर नेप्सेमा सुचिकृत भएपनि सोही आधारमा पहिलो कारोबारको लागि मूल्य तय गर्दछ ।

कम्पनीले असार २४ गते देखि २८ गतेसम्म गतेसम्म सर्वसाधारणका लागि आइपीओ निष्कासन गरी साउन १ गते बाँडफाँट गरिसकेको छ ।

अहिले त्यो नेप्सेमा सुचिकृत गर्ने तयारी भइरहेको छ । अब त्यो नेप्सेमा सुचिकृत भएपछि कम्पनीको दास्रो बजारमा सेयर कारोबार हुने छ ।

कम्पनीले कुल ६४ लाख ५० हजार कित्ता आइपीओ निष्कासन विक्री खुला गरेको थियो । जसमध्ये ३ लाख २२ हजार ५ सय कित्ता कर्मचारीको लागि, ३ लाख २२ हजार ५ सय सामुहिक लगानीकोषको लागि छुट्याएको थियो ।

बाँकी रहेको ५८ लाख ५ हजार कित्ता ५ लाख ८० हजार ५ सय जनाले १० कित्ताका दरले शेयर पाएका छन् । उक्त आइपीओमा २१ लाख ८२ हजार ७ सय ७५ जना आवेदकबाट आवेदन परेको हो । जसमध्ये २१ लाख १२ हजार ७९९ योग्य आवेदन थिए ।

वि.सं.२०७८ साउन १७ आइतवार १३:०४ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...