काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट कम्पनीको सेय मूल्यमा सकरात्मक सर्किट लागेको छ । उक्त दिन कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको हो ।
सातको पहिलो कारोबार दिन कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६० रुपैयाँ ५० पैसाले वृद्धि भएको हो । यो संगै कम्पनीको सेयर मूल्य ६६५ रुपैयाँ ५० पैसा पुगेको छ ।
आज कम्पनीको ३२ करोड १२ लाख ५ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले जनाएको छ । नेप्सेका अनुसार आज कम्पनीको ४ लाख ९५ हजार ७५८ कित्ता सेयर खरिदबिक्री भएको हो ।
वि.सं.२०७८ साउन १७ आइतवार १६:५७ मा प्रकाशित