काठमाडौं । सोमबार प्रि–ओपनिङमा सेयर बजार ६.९० अंकले बढेको छ । बजार ६.९० अंकले बढेर ३०८७.९१ बिन्दुमा रहेको छ ।
६८ कम्पनीको १८ हजार ४१२ कित्ता सेयर १ करोड १६ लाख १५ हजार १२७ रुपैयाँको सेयर किनबेच भएको छ । कारोबारमा ४९ वटा कम्पनीको सेयर मूल्य बढ्दा ५ वटा कम्पनीको सेयर मूल्य घटेको छ । बाँकी कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
वि.सं.२०७८ साउन १८ सोमवार १०:४२ मा प्रकाशित