back
NMB ad

बजारीकरणमा अझ सशक्त बन्दै रियलमी, नेपालमा उत्कृष्ट उत्पादनहरु ल्याउँदै

Kumari bank ad

काठमाडौं । प्रविधि जगतमा तिव्र रुपमा बजार विस्तार गर्दै गएको रियलमीले नेपालमा आफ्नो बजारीकरण अझ सशक्त बनाउन थालेको छ ।

रियलमीले नेपाली उपभोक्ता माझ उत्कृष्ट श्रेणीका उत्पादनहरु प्रस्तुत गर्ने घोषणा गरेको हो । स्थानीयकरण र नवीनता मुलमन्त्रका साथ रियलमीले नेपाललाई महत्वपूर्ण बजारको रुपमा लिएको छ ।

आफ्नो मुख्य रणनीति स्वरुप रियलमीले विश्वकै उत्कृष्ट प्रविधियुक्त स्मार्टफोनहरु नेपाली बजारमा विभिन्न मूल्य श्रेणीमा पु¥याउने तयारी गरेको छ ।

नेपाली बजारको लागि रियलमीले शंकर ग्रुपका साथ सहकार्य गर्ने भएको छ । शंकर ग्रुपका साथ रियलमीले नेपाली बजारमा विभिन्न उत्पादनहरुको पहुँच र पकड बनाउन अरुसँग पनि सहकार्य गर्ने छ ।

साथै रियलमीका उपाध्यक्ष तथा रियलमी भारत र युरोपियन बजारका सिईओ माधव शेठले नेपाली बजारको लागि पनि नेतृत्वदायी भुमिका निर्वाह गर्नुहुने भएको छ ।

शेठको कुशल नेतृत्वकाकारण रियलमी व्राण्ड भारतका साथै चेक रिपब्लिक र ग्रीसमा उत्कृष्ट चारमा पर्न सफल भएको छ । भारतमा फाइबजी स्मार्टफोनमध्ये २०२१ को दोस्रो त्रैमासिकमा रियलमीको हिस्सा २३ प्रतिशत रहेका छ । काउन्टरप्वाइन्टका अनुसार भारतमा मात्र ५ करोड भन्दा बढी उपभोक्तका साथ तिव्र गतिमा यसको मागभएको देखिन्छ ।

शेठ भन्नुहुन्छ – “रियलमीको उल्लेख्य यात्राको क्रममा यो एक नयाँ आयाम हो, जुनहामी सबैको लागि गर्वको क्षण हो । रियलमीले भारतमा ठुलो सफलता पाएको छ र नेपाली बजारमा पनि नविनतम प्रविधिका उत्पादनहरु उतकृष्ट मुल्यमा नेपाली उपभोक्ताहरु माझ प्रस्तुत गरी उल्लेखनीय सफलता हासिल गर्ने विश्वस्त छौँ । हामीले सन् २०२२ सम्ममा रियलमीलाई नेपाली स्मार्टफोन बजारमा उत्कृष्ट २ मा पु¥याउने लक्ष्यलिएको छौँ । नेपालीबजार व्यवस्थापन तथा बजारीकरणको नेतृत्व गर्ने नयाँ भुमिकामा बाँधिन पाउँदा म अत्यन्तै हर्षोल्लासित छु र नेपालमा रियलमीको उपस्थितिलाई शानदार बनाउँदै उपभोक्ता माझ रियलमीकाउत्कृष्ट उत्पादनहरु प्रस्तुतगर्दै शीर्ष स्थानमा ल्याउन प्रयत्नरत रहने छु ।”

यस्तै,शंकर ग्रुपका प्रबन्ध निर्देशक साहिल अग्रवालले भन्नुभयो – “रियलमीसँग साझेदारी गर्न पाउँदा हामी गौरवको अनुभव गरिरहेका छौँ । नेपाली बजारका लागि रियलमीका डिष्ट्रिव्युटरका हिसावले हामी नेपाली उपभोक्तामाझ नवीनतम प्रविधिका उत्पादनहरु मितव्ययी मुल्यमा ल्याउन सक्ने अपेक्षा लिएको छु । रियलमीको यस यात्रामा सहकार्य गर्न पाउँदा अत्यन्त उत्साहित छौँ र यस सम्बन्धलाई आगामी वर्षहरुमा थप सुदृढ बनाउँदै जानेछौ ।”

रियलमीले नविनतम प्रविधि सबैको पहुँचमा पु¥याउने लक्ष्यका साथ मध्यमदेखि प्रिमियम मुल्य श्रेणीमा नेपालमा आफ्ना उत्पादनहरु प्रस्तुत गर्ने छन् ।

यस सहकार्यले विश्वको बढ्दो स्मार्टफोन बजारमा अत्याधुनिक प्रविधि, नवीनतम उत्पादन, उपभोक्ता सेवा र असाधारण बजार विस्तारको महत्वकांक्षालाई विकास गर्न मद्दत पुग्ने विश्वास लिएको छ ।

काउन्टरपोइन्टको अध्ययन अनुसार स्मार्टफोनको विश्व बजारमा, यस वर्ष रियलमीको विक्री १३५ प्रतिशतले बढेको र पहिलो वर्षका दोस्रो त्रैमासिक रिपोर्ट अनुसार यस वर्ष यसको विक्री १७ प्रतिशतले बढको छ । जस अनुसार कुल १० करोडभन्दा बढी बिक्री भएको छ ।

वि.सं.२०७८ साउन १८ सोमवार ११:२६ मा प्रकाशित

You can share this post!

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

वि.सं.२०८० चैत १५ बिहीवार १४:०८

नेपालगञ्ज १५ चैत : केही महिनादेखि ओरालो लागेको शेयर बजारमा...

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

वि.सं.२०८० चैत १५ बिहीवार १४:०२

काठमाडौँ, १५ चैत : त्रिशूली नदीको बुट्टारमा सुपर त्रिशूली हाइड्रोपावर...

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८० चैत १५ बिहीवार १३:५२

वीरगञ्ज (पर्सा), १५ चैत : मुलुककै मुख्य व्यापारिक नाका वीरगञ्ज...

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

वि.सं.२०८० चैत १५ बिहीवार १३:२४

काठमाडौँ, १५ चैत : नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल...

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय नियुक्त

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय नियुक्त

वि.सं.२०८० चैत १५ बिहीवार १३:१६

काठमाडौं । गरिमा विकास बैंकले प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा...

ग्लोबल आइएमई बैंक र आईएफसी बिच समझदारी

ग्लोबल आइएमई बैंक र आईएफसी बिच समझदारी

वि.सं.२०८० चैत १५ बिहीवार १३:०३

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र विश्व बैंक समूहको...