काठमाडौं । कारोबारमा आएको पहिलो दिन यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य ६.०८ प्रतिशतले वृद्धि भएको हो ।
सोमबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता २० रुपैयाँ ८० पैसाले वृद्धि भएको हो । कम्पनीको सेयर ३४२ मा कारोबार खुला भएको थियो । आज प्रतिकित्ता ३६४ रुपैयाँ ८० पैसा पुगेको छ ।
उक्त दिन कम्पनीको २८ हजार २३३ रुपैयाँ बराबरको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्ज(नेप्से) ले जनाएको छ । नेप्सेका अनुसार पहिलो कारोबार दिन कम्पनीको ८० कित्ता सेयर खरिदबिक्री भएको हो ।
वि.सं.२०७८ साउन १८ सोमवार १५:१५ मा प्रकाशित