काठमाडौं । सोमबार नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को सेयर मूल्यमा सामान्य गिरावट आएको छ । उक्त दिन निफ्राको सेयर मूल्य शून्य दशमलव ६६ प्रतिशतले घटेको हो ।
आज प्रतिकित्ता ३ रुपैयाँ २० पैसाले घटेको निफ्राको सेयर मूल्य ४८१ रुपैयाँ ५० पैसा पुगेको छ । साताको दोस्रो कारोबार दिन निफ्राको ११ करोड १८ लाख ८७ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का अनुसार आज निफ्राको २ लाख ३२ हजार ३६ कित्ता सेयर खरिदबिक्री भएको हो ।
वि.सं.२०७८ साउन १८ सोमवार १५:४५ मा प्रकाशित