काठमाडौं । मुक्तिनाथ विकास बैंकले संस्थापक समूहको सेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक समूहको १ लाख ५ हजार ४१ कित्तँ सेयर बिक्री गर्न लागेको हो ।
उक्त सेयर खरिद गर्न इच्छुक बैंकका संस्थापक सेयरधनीहरु वा योग्य जो कोही व्यक्ति, कम्पनी, संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् ।
उक्त सेयर खरिद गर्दा न्युनतम १ हजार कित्ताका लागि र अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिने बैंकले जनाएको छ ।
प्रतिसेयर १ सय रुपैयाँ अंकित दरको उक्त सेयर खरिदका लािग भदौ २२ गतेभित्र आवेदन दिनुपर्ने सूचनामा उल्लेख छ । सेयरको न्युनतम मूल्य ३२५ रुपैयाँ तोकिएको छ । आवेदन दिदाँ उक्त मूल्य भन्दा बढी अंकित गरि दिनुपर्ने छ ।
बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।
वि.सं.२०७८ साउन १९ मंगलवार १०:१७ मा प्रकाशित