back
NMB ad

कोरोना महामारीमा पनि लक्ष्मी लघुवित्तको नाफा १९६ % ले बढ्यो, अन्य सूचकमा कस्तो छ सुधार ?

Kumari bank ad

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय अवस्था सार्वजनिक गरेको छ ।

संस्थाले असार मसान्तसम्म १९ करोड ३१ लाख ९२ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १९६.०१ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा संस्थाको नाफा ६ करोड ५२ लाख ६५ हजार रुपैयाँ मात्रै रहेको थियो । कोरोना महामारीको समयमा पनि संस्थाको निको निकै उत्साहप्रद नै रहेको छ ,

यो अवधिमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा पनि निकै बढोत्तरी देखिएको छ । अघिल्लो आवको चौथो त्रैमासमा ३४ करोड ७१ लाख २० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाले गत आवको सोही अवधिमा आईपुग्दा ५० करोड ७७ लाख २१ हजार रुपैयाँ आर्जन गरेको छ । यस्तै सञ्चालन मुनाफापनि १० करोड २१ लाख ७२ हजार रुपैयाँबाट बढेर ३० करोड ५२ लाख ७९ हजार रुपैयाँ पुगेको छ ।

३२ करोड ४५ हजार रुपैयाँ चुक्ता पुँजी रहेको संस्थाको जगेडा कोषमा ३६ करोड ४३ लाख रुपैयाँ रहेको छ । २ अर्ब ६ करोड ९२ लाख ४२ हजार रुपैयाँ निक्षेप संकलन गरेको संस्थाले ६ अर्ब १६ करोड ३६ लाख ६१ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।

संस्थाको खराब कर्जा २.२६ प्रतिशतबाट बढेर ३.२७ प्रतिशत पुगेको छ । प्रतिसेयर आम्दानी ६० रुपैयाँ ३६ पैसा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ २१३ रुपैयाँ ८३ पैसा रहेको छ ।

वि.सं.२०७८ साउन १९ मंगलवार ११:२७ मा प्रकाशित

You can share this post!

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...