काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्सको सेयर मूल्यमा उछाल आएको छ । कम्पनीको सेयर मूल्य ९.५९ प्रतिशतले वृद्धि भएको हो ।
यो समाचार तयार गर्ने बेलासम्म कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३४ रुपैयाँ ८० पैसाले वृद्धि भएको छ । योसंगै कम्पनीको सेयर मूल्य ३९७ रुपैयाँ ६० पैसा पुगेको छ ।
कम्पनीको सेयर खरिद माग चाप पनि उच्च रहेको छ ।
वि.सं.२०७८ साउन १९ मंगलवार १२:४४ मा प्रकाशित