back
NMB ad

संस्थागत सहकार्य र कार्यगत एकतामा महासंघ र सिएनआईको जोड

Kumari bank ad

काठमाडौं । मुलुकको समृद्धिका लागि निजी क्षेत्रका संस्थाहरूले संस्थागत सहकार्य र कार्यगत एकता गर्दै साझा एजेण्डामा काम गर्नुपर्नेमा जोड दिएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघ(सीएनआई)का पदाधिकारीहरूले यसमा जोड दिएका हुन् । महासंघले सीएनआईका नवनिर्वाचित पदाधिकारीहरूलाई स्वागत गरेको । कार्यक्रममा महासंघका अध्यक्ष शेखर गोल्छाले सीआनआईका पदाधिकारीहरूको स्वागत गर्दै कार्यगत एकताको प्रस्ताव राख्नुभएको थियो ।

निजी क्षेत्रको प्रवद्र्धनका लागि काम गर्न अपरिहार्य भएकाले दुवै संस्थाबीच साझा एजेण्डा तय गरेर अगाडि जानुपर्नेमा जोड दिइयो । त्यसका लागि एउटा स्थायी प्रकृतिको संयन्त्र नै निर्माण गरेर जान सकिने धारणा रहेको छ । यसका लागि छिट्टै संस्थागत सहकार्यलाई औपचारिकता दिनुपर्नेमा सहमती जनाइयो ।

कोरोना महामारिबाट मुलुुकको अर्थतन्त्र उद्योग व्यवसाय कमजोर बनेको समयमा श्रमिक कामदारको तलबको विषय, कृषिमा विदेशी लगानी, बन्द हड्ताल लगायतका इस्यूमा भएका सहकार्यबाट निकै ठूलो सफलता प्राप्त भएकाले आगामी दिनमा पनि प्राथमिकता तय गरी जानुु पर्नेमा जोड दिइयो ।

त्यस अवसरमा सीएनआईका नवनिर्वाचित अध्यक्षसहित पदाधिकारीहरूको स्वागत गर्दै महासंघका अध्यक्ष शेखर गोल्छाले सीएनआईको नयां नेतृत्वसंग सहकार्य गर्न महासंघ तत्पर रहेको बताउनुभयोे । सम्मानित निजी क्षेत्र र समुन्नत नेपाल निर्माण सबैको साझा चासो भएकाले आर्थिक एजेण्डामा बलियो सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो । ‘दुवै संस्थाको स्ट्रेन्थबाट थुप्रै कार्य गर्न सक्छौं’, अध्यक्ष गोल्छाले भन्नुुभयो ‘हामीले आउने दिनमा अझ बढी सहकार्यका हातहरू अगाडि बढाउनै पर्छ ।’

मुलुकको अर्थतन्त्रको विस्तार, रोजगारी अभिवृद्धि, आर्थिक विकास दोहोरो अंकमा लैजाने र व्यापार घाटा आधा कटौती गर्ने मुख्य लक्ष्यका साथ महासंघले अगाडि सारेको नेट २०३० र सीएनआईले अगाडि बढाएको मेक इन नेपाल अभियानलाई कहा र कसरी सहकार्यका साथ काम गर्न सकिने अध्यक्ष गोल्छाको भनाई छ ।

सीएनआईका नवनिर्वाचित अध्यक्ष विष्णुु कुमार अग्रवालले संस्थागत सहकार्यका लागि महासंघले राखेको प्रस्तावमा सहकार्य गर्न सीएनआई तयार रहेको विश्वास दिलाउनु भयो । अध्यक्ष अग्रवालले निजी क्षेत्र बीच संस्थागत सहकार्य र कार्यगत एकतामा जोड दिंदै अगाडि भन्नुभयो ‘अबका दिनमा हाम्रा प्राथमिकताका क्षेत्रहरू पहिचान गरेर अगाडि बढ्नै पर्छ ।’ निजी क्षेत्रको स्ट्रेन्थ देखाउन पनि सहकार्य बाहेक अर्को केही नहुने बताउनुभयो ।

वि.सं.२०७८ साउन १९ मंगलवार १८:४२ मा प्रकाशित

You can share this post!

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...