back
NMB ad

महिला लघुवित्तको नाफा १६७ % ले बढ्यो, अन्य सूचकमा लोभलाग्दो प्रगति

Kumari bank ad

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय अवस्था सार्वजनिक गरेको छ ।

असार मसान्तसम्म आईपुग्दा संस्थाले ९ करोड २९ लाख ८२ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा १६७.८५ प्रतिशतले बढी हो । अघिल्लो वर्षको सोही अवधिमा संस्थाको नाफा ३ करोड ४७ लाख १३ हजार रुपैयाँ रहेको थियो ।

यो अवधिमा संस्थाको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा निकै सुधार देखिएको छ । अघिल्लो आवको चौथो त्रैमासमा १२ करोड ८२ लाख ८२ हजार रुपैयाँ रहेकोमा गत आवको सोही अवधिमा आईपुग्दा २४ करोड ४ लाख ८३ हजार रुपैयाँ रहेको छ ।

यस्तै सञ्चालना मुनाफा ३ करोड ८१ लाख ७६ हजार रुपैयाँबाट बढेर १० करोड ६० लाख ८५ हजार रुपैयाँ पुगेको छ । १० करोड रुपैयाँ चुक्ता पुँजी रहेको संस्थाको जगेडा कोषमा २२ करोड ८ लाख ९६ हजार रुपैयाँ रहेको छ ।

९२ करोड ८० लाख ९० हजार रुपैयाँ निक्षेप संकलन गरेको संस्थाले ३ अर्ब ३३ करोड ७७ लाख ८५ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।
संस्थाको खराब कर्जा ०.७८ प्रतिशतबाट बढेर १.७१ प्रतिशत पुगेको छ । प्रतिसेयर आम्दानी ९२ रुपैयाँ ९८ पैसा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ ३२० रुपैयाँ ९० पैसा रहेको छ ।

वि.सं.२०७८ साउन २० बुधवार १०:२१ मा प्रकाशित

You can share this post!

एसईईमा सहभागी विद्यार्थीहरुलाई डिम्याट तथा मेरो शेयर खाता खोल्दा बम्पर छुट

एसईईमा सहभागी विद्यार्थीहरुलाई डिम्याट तथा मेरो शेयर खाता खोल्दा बम्पर छुट

वि.सं.२०८१ वैशाख ४ मंगलवार १५:४३

काठमाडौं । एसईई परीक्षा २०८० मा सहभागी हुनुभएका विद्यार्थीहरुलाई लक्षित...

गुरुप्रसाद न्यौपाने विशेषको त्रुटिपूर्ण फैसलाप्रति असन्तुष्ट, सर्वोच्चमा पुनरावेदन गर्ने तयारी

गुरुप्रसाद न्यौपाने विशेषको त्रुटिपूर्ण फैसलाप्रति असन्तुष्ट, सर्वोच्चमा पुनरावेदन गर्ने तयारी

वि.सं.२०८१ वैशाख ४ मंगलवार १५:३६

काठमाडौं । जलविद्युत क्षेत्रका भिष्मपिता भनेर चिनिने गुरु प्रसाद न्यौपानेले...

प्रभु बैंकका ग्राहकहरुलाई स्काइवाक टावरको टिकट खरिदमा  बिशेष छुट

प्रभु बैंकका ग्राहकहरुलाई स्काइवाक टावरको टिकट खरिदमा  बिशेष छुट

वि.सं.२०८१ वैशाख ४ मंगलवार १५:३०

काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहकहरूलाई स्काइवाक टावरको टिकट खरिदमा...

सेयर बजारमा ओरालो यात्रा कायमै, कारोबार रकम पनि घट्यो

सेयर बजारमा ओरालो यात्रा कायमै, कारोबार रकम पनि घट्यो

वि.सं.२०८१ वैशाख ४ मंगलवार १५:२४

काठमाडौँ । साताको तेस्रो कारोबार दिन सेयर बजारमा गिरावट आएको...

घटेको बजारमा दुई कम्पनीमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

घटेको बजारमा दुई कम्पनीमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख ४ मंगलवार १५:१६

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा गिरावट आएको...

मंगलबार यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

मंगलबार यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख ४ मंगलवार १५:०५

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा गिरावट आएको...