back
NMB ad

आरम्भ चौतारी लघुवित्तको नाफा ११ करोड ७९ लाख

Kumari bank ad

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले नाफा आर्जनमा छलाङ मारेको छ ।

कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमाससम्ममा ११ करोड ७९ लाख ३३ करोड रुपैयाँ नाफा कमाएको छ । बुधवार कम्पनीले सार्वजनिक गत वर्षको वित्तीय अवस्थाको तथ्याङ्कले यस्तो देखाएको हो ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा ३९० दशमलव ५६ प्रतिशतले बढी हो । अघिल्ला आवको चौथो त्रैमासमा २ करोड ४० लाख ४० हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।

कम्पनीको चुक्तापुँजी २८ करोड ६७ लाख ६३ हजार रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा १६ करोड ३६ लाख २८ हजार रुपैयाँ राखेको छ ।

उक्त अवधिमा कम्पनीले २ करोड ८३ लाख १९ हजार रुपैयाँ खराज कर्जा उठाउन सफल भएको छ । तर, खराज कर्जा भने वृद्धि भएको देखिएको छ ।

अघिल्लो आवको चौथो त्रैमासमा १ दशमलव ४४ प्रतिशत रहेको खराव कर्जा गत वर्षको सोही अवधिसम्म आईपुग्दा ३ दशमलव २४ प्रतिशत पुगेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी ४१ रुपैयाँ १३ पैसा र प्रतिसेयर नेटवर्थ १५७ रुपैयाँ ६ पैसा रहेको छ ।

वि.सं.२०७८ साउन २० बुधवार १२:१२ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...