back
NMB ad

करिब ३९ करोडको सुनका गहना निर्यात, कुन देशमा कति ?

Kumari bank ad

काठमाडौं । नेपालबाट साढे करिब ३९ करोड रुपैयाँको सुनका गर–गहना निर्यात भएको छ । नेपालबाट सुनका गहना निर्यात हुन सुरु गरेको पहिलो वर्षमै नै ३८ करोड ७१ लाख ७६ हजार रुपैयाँ बराबरको सुनका गहना निर्यात भएको छ । उक्त अवधिमा ३८ किलो भन्दा बढी गहना निर्यात भएको भन्सार विभागले जनाएको छ ।

नेपालबाट अष्ट्रेलिया, हङकङ, अमेरिका लगायतका देशहरुमा सुनका गर–गहनाको निर्यात हुने गरेकोे हो । विशेषगरी विदेशी मुलुकमा बन्न नसक्ने नेपाली मौलिक गर–गहना नेपालबाट निर्यात हुने गर्दछ ।

विभागका अनुसार पछिल्लो समयमा नेपालीहरुको बसोबास बढी भएका मुलुकहरुमा गहना निर्यात हुने गरेको छ । नेपाली मौलिक सुनका गहना सबैभन्दा बढी अमेरिका पुगेको छ । उक्त देशमा २८ करोड ६० लाख ९६ हजार रुपैयाँ बराबरको गहना निर्यात भएको विभागले जनाएको छ । अमेरिकामा ३० केजी बढी गहना निर्यात भएको हो ।

यस्तै, हङकङमा ६ करोड ७ लाख २ हजार रुपैयाँ बराबरको गहना निर्यात भएको छ । उक्त देशमा ५ केजी बढीका गहना पुगेको छ । त्यसैगरि अष्ट्रेलियामा ४ करोड ३ लाख ७८ हजार रुपैयाँ बराबरको गहना पुगेको छ । उक्त देशमा २ केजी बढीका मौलिक गर गहना निर्यात भएको विभागले जनाएको छ ।

२७ अर्ब ३४ करोड बढीको सुन आयात

यसैवीच गत आर्थिक २०७७–७८ मा कुल २७ अर्ब ३४ करोड ३९ लाख रुपैयाँको ३ हजार ९२४ केजी सुन आयात भएको छ । जुन अघिल्लो आव २०७६–७७ को भन्दा दोब्बर हो ।

अघिल्लो आवमा १३ अर्ब ४६ करोड रुपैयाँ बराबरको सुन आयात भएको थियो । परिमाणका आधारमा अघिल्लो आवमा २ हजार ४ सय केजी सुन आयात भएको थियो ।

कोरोना महामारी र मूल्य बढ्दा अघिल्लो आवमा सुनको आयात ह्वात्तै घटेको थियो । तर, गत आवमा भने कोरोना महामारीकाबीच पनि सुनको आयात दोब्बर मात्रामा बढेको विभागको तथ्यांकले देखाएको छ ।

कोरोना महामारी र मूल्य बढ्दा अघिल्लो आवमा सुनको आयात ह्वात्तै घटेको थियो । तर, गत आवमा भने कोरोना महामारीकाबीच पनि सुनको आयात दोब्बर मात्रामा बढेको विभागको तथ्यांकले देखाएको छ ।

एक महिनामै ६ अर्ब २७ करोड बढीको काँचो सुन भित्रियो

गत आर्थिक बर्ष २०७७–७८ को असार महिनामा मात्र नेपालमा ६ अर्ब २७ करोड ६६ लाख रुपैयाँ बराबरको काँचो सुन आयात भएको छ । नेपालमा मासिक ३ अर्ब रुपैयाँसम्मको सुन आयात हुने गरेको थियो । असारमा महिनामा मात्रै २ गुणा भन्दा बढी अर्थात् ६ अर्ब २७ करोड रुपैयाँ बराबरको सुन आयात भएको तथ्याङक विभागले जनाएको छ ।

विभागका अनुसार असारमा ९०६ केजी ५ सय ग्राम काँचो सुन आयात भएको छ । कोरोनाको दोस्रो लहर र त्यसलाई नियन्त्रणका लागि जारी निषेधाज्ञाका कारण गत बैशाखको दोस्रो सातादेखि जेठ मसान्तसम्म सुन आयात ठप्प थियो । असारमा निषेधाज्ञा खुकुलो बनाएसँगै सुन आयात पनि उच्च देखिएको छ ।

वि.सं.२०७८ साउन २० बुधवार १३:१३ मा प्रकाशित

You can share this post!

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपालको जलविद्युतमा गरिरहेको प्रगति...

सांसद डा शर्माद्वारा बाल अस्पताललाई  २० लाख रुपैंया सहयोग   

सांसद डा शर्माद्वारा बाल अस्पताललाई २० लाख रुपैंया सहयोग   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:३४

काठमाडौँ, ६ वैशाखः प्रतिनिधिसभा सदस्य तथा व्यवसायी डा सुनील शर्माले...

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२८

काठमाडौँ, ६ वैशाख : नागरिक लगानी कोष र सिउरी न्यादी...

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२३

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार दुई कम्पनीको मूल्य...

पर्यटनमा नयाँ गन्तव्यः पर्वतीय उडानबाट कैलाश मानसरोवर दर्शन   

पर्यटनमा नयाँ गन्तव्यः पर्वतीय उडानबाट कैलाश मानसरोवर दर्शन   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १५:२८

कमलकुमार बस्नेत काठमाडौँ, ६ वैशाखः दिनको पहिलो प्रहर सुरु भइसकेको...

यी कम्पनीको सेयर मूल्य बढ्यो, कुनको कति ?

यी कम्पनीको सेयर मूल्य बढ्यो, कुनको कति ?

वि.सं.२०८१ वैशाख ६ बिहीवार १५:२३

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...