back
NMB ad

सरकारका कारण मौद्रिक नीति ल्याउन ढिला भयो : गभर्नर अधिकारी

Kumari bank ad

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सरकारले बजेटको रिभ्यू गर्न लागेकोले समयमा नै मौद्रिक नीति ल्याउन नसकेको बनाउनु भएको छ । अर्थ समितिको बैठकमा गभर्नर अधिकारीले यस्तो बताउनु भएको हो ।

अघिल्लो सरकारले अध्यादेशमार्फत ल्याएको बजेटलाई वर्तमान सरकारले रिभ्यू गर्ने लागेको र नयाँ बजेटको रुपमा आउँदा आकार, प्राथमिकतामा तलमाथी होला भनेर मौद्रिक नीति ल्याउन केही समय लागेको बताउनुभयो ।

उहाँले नयाँ बनेको सरकारले बजेटको रिभ्यू गरिरहेको र स्वेतपत्र पनि ल्याउने तयारीमा रहेका कारण मौद्रिक नीति आउन समय लागेको बताउनु भएको छ । बैठकमा उहाँले हरेक सरकारले बजेटमा विभिन्न योजना तथा कार्यक्रम ल्याउने तर त्यसको कार्यान्वयन पक्षमा समन्वय र सहकार्य नगर्दा समस्या भएको बताउनुभयो ।

सरकारले बजेटको रिभ्यू गरिरहेको समयमा मौद्रिक नीति ल्याउँदा त्यसको कार्यान्वयनको पक्षमा समस्या हुने र सहकार्य गर्नुपर्ने निकायसँग काम गर्न समस्या हुने भएको भन्दै केही समय लागेको धारणा राख्नुभयो । उहाँले कोरोनाले अति प्रभावित बनेका होटल, पर्यटन, सार्वजनिक यातायात, मनोरन्जन लगायत क्षेत्रलाई प्राथमिकतामा राखेर मौद्रिक नीति बन्ने जानकारी गराउनुभयो ।

बैठकमा उहाँले शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण उपलब्ध गराउने योजना राम्रो भएपनि यसको कार्यान्वयनमा सरोकारवाला निकायको सहयोग अपेक्षा अनुसार नभएको बताउनुभयो । यस्ता कार्यक्रम बजेटमा मात्रै राख्ने कार्यान्वयनमा नसघाउने हो भने त्यसको प्रभावकारिता नहुने उहाँको दाबी छ । गत आर्थिक वर्षमा १३७ जनाले शैक्षिक प्रमाणपत्र धितो राखेर ६ करोड ३७ लाख रुपैयाँ ऋण लिएका छन् ।

बैठकमा उहाँले राष्ट्र बैंकले वित्तीय क्षेत्र राष्ट्रिय रणनीति बनाईरहेको र यो रणनीति आगामी आवबाट लागुहुने बताउनुभयो । रणनीतिमा वर्तमान अवस्थालाई हेर्ने र त्यसबाट पाठ सिक्दै आगामी वर्षमा कसरी अघि बढन सकिन्छ भन्ने विषयलाई प्राथमिकतामा राखिएको छ ।

वि.सं.२०७८ साउन २० बुधवार १३:३४ मा प्रकाशित

You can share this post!

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२१

काठमाडौं । CFMOTO र ZEEHO व्राण्डका नेपालका लागि आधिकारिक वितरक,...

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:४१

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात्...

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:३३

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई...