back
NMB ad

महासंघलाई समेत विवादमा तान्न सफल सेबोनका सञ्चालक ढकाल ज्यू, अब त नैतिकताको आधारमा राजीनामा दिने कि ?

Kumari bank ad

काठमाडौँ । बृहत् नेपाली शब्दकोशमा एउटा शब्द छ ‘नैतिक’ । यसको अर्थ हुन्छ ‘राम्रो आचरणसम्बन्धी, नीतिसँग सम्बन्धित, नीतिको, नीतिसम्बन्धी । अनि अर्को शब्द छ ‘अनैतिकता’ अर्थात् नैतिकताको अभाव, अनैतिक हुनाको भाव वा अवस्था ।

 

यति बेला धितोपत्र बोर्डका अध्यक्ष तथा सञ्चालकलाई उल्लेखित कुन शब्दको कसीमा राखेर हेर्ने भन्नेमा ठुलो बहस तथा विवाद सुरु भएको छ । बोर्डको नेतृत्वमा बस्ने अनि आफू ऐन, कानुन विपरीत, सामाजिक आचरण विपरीत गएर एकाघरमा परिवारका सदस्यको नाममा सेयर किन्न बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गाना तल्लीन हुनुहुन्छ । त्यस्तै दुई कम्पनीको अध्यक्ष तथा दुई कम्पनीको सञ्चालक समेत रहनु भएका र आधा दर्जन जति कम्पनीमा निकै नै सेयर स्वामित्व रहेका तथा उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल बोर्डको सञ्चालक समितिमा हुनुहुन्छ ।

 

सदस्य ढकाल जति वटा कम्पनीको उच्च तहमा हुनुहुन्छ, ती सबै कम्पनीलाई धितोपत्र बोर्डले नियमन गर्छ । गल्ती गरेको खण्डमा र त्यो गल्तीलाई कारबाही गर्न मन लागेको खण्डका बोर्डले कारबाहीको दायरामा ल्याउँछ । अलि गम्भीर खालका कमजोरी भएको छ भने त्यस्ता कम्पनीको विषयमा सञ्चालक समितिमा नै छलफल हुन्छ । त्यही सञ्चालक समितिको सदस्यमा हुनुहुन्छ चन्द्र प्रसाद ढकाल । बुक बिल्डिङ विधिबाट साढे ७ सय रुपैयाँ प्रति कित्तामा आइपिओ ल्याउन लागेको कम्पनीको सेयर ढकालले एकाघरका परिवारको सदस्य अर्थात् भाइ हेमराज ढकालले प्रति कित्ता २५० रुपैयाँको दरले २ लाख कित्ता सेयर किन्नु भएको छ ।

 

आइपिओ नै ल्याउने भएपछि त्यो कम्पनी बोर्डमा सूचीकृत हुन्छ । त्यही बोर्डको सञ्चालकमा ढकाल सदस्य हुनुहुन्छ । पछिल्लो समय सर्वोत्तमको सेयर प्रकरण आएपछि माथि उल्लेख गरे अनुसार ‘नैतिक’ वा ‘अनैतिकता’ कुन शब्दको आत्मसाथ गर्नुहुन्छ, अहिले सबैले प्रतिरक्षा गरेर बसेका छन् ।

 

उहाँ यति बेला आईएमई ग्रुपको अध्यक्ष, ग्लोबल आइएमई बैङ्क र चन्द्रागिरि हिल्सको अध्यक्ष हुनुहुन्छ । साथै हिमालयन पावर पार्टनर हाइड्रो र नेपाल इन्फ्रास्टक्चर बैङ्कको सञ्चालक हुनुहुन्छ । आईएमई अन्तर्गत जीवन तथा निर्जीवन बीमा कम्पनीहरू रहेका छन् । अन्य कैयन कम्पनीमा ढकालेको राम्रो सेयरको हिस्सा रहेको छ ।

 

यी कम्पनीहरूले धितोपत्र ऐन, नियम नमानेको खण्डमा कानुनी कारबाही गर्ने निकायको सञ्चालकमा उहाँ स्वयम हुनुहुन्छ ।
कम्पनी ऐन २०६३ को दफा ८९ को उपदफा छ मा ‘समान उद्देश्य भएको अर्को कुनै कम्पनीको सञ्चालक, आधारभूत शेयरधनी, कर्मचारी, लेखापरीक्षक वा सल्लाहकार पदमा बहाल रहेको वा त्यस्तो कम्पनीमा कुनै पनि प्रकारको निजी स्वार्थ भएको’ सञ्चालकको पदमा नियुक्त हुन वा बहाल रहन नसक्ने व्यवस्था गरेको छ ।

 

साथै बोर्डले जारी गरेको सूचीकृत सङ्गठित संस्थाहरूको संस्थागत सुशासन सम्बन्धी निर्देशिकाको दफा १३ को उपदफा ३ मा भएको व्यवस्था पनि उलङ्घन गरेको पाइएको छ । जसमा ‘कुनै सञ्चालकले उस्तै प्रकृतिको उद्देश्य भएको सूचिकृत संस्थाको सञ्चालक, तलबी पदाधिकारी, कार्यकारी प्रमुख वा कर्मचारी भई कार्य गर्नु हुँदैन ।’ भनेको छ । यसको पनि सरासर उंलघन भएको छ । बोर्डमा आउनासाथ यो विषय उठेको थियो । केही विवाद सृजना भएपछि ढकालले माउन्टेन इनर्जी कम्पनीबाट राजीनामा दिनु भयो । त्यसपछि बाँकी कम्पनीबाट चोखिनुभयो ।

 

अझै पनि उहाँले सूचीकृत कम्पनी छोड्नु होला वा बोर्ड सदस्यबाट राजीनामा दिनुहोला भनेर कसैले पनि सोच्नसम्म सक्दैन । तर उहाँमा व्यावसायिक नैतिकता छ भने राजीनामा दिनुपर्ने जानकारहरूको तर्क छ ।

 

नेपालमा सशस्त्र द्वन्द्व समयमा वैधानिक तवरबाट विप्रेषण भित्र्याएर टाट पल्टिने अवस्थामा पुगेको अर्थतन्त्रलाई केही हदसम्म भरथेग गर्न योगदान पुर्‍याउनु भएका ढकालले अझै पनि त्यसैको ब्याज खाइरहनु भएको छ । अझै पनि चन्द्र ढकाल भन्नासाथ आईएमई मनि ट्रान्सफर र विदेशमा रहेका नेपालीले नेपालमा कसरी पैसा पठाउने भन्दा आईएमई गर्ने भन्ने ब्रान्ड नै बनेको छ । र त्यसबाट बढी चिनिनुहुन्छ । त्यही ब्रान्डको बुई चढेका ढकाल यति बेला ऐन कानुनको धज्जी उडाउँदै हिँडिरहेको जानकारहरूको भनाई छ । उहाँले त्यसको लागि नेपाल उद्योग वाणिज्य महासङ्घलाई समेत भरपुर प्रयोग गरेको देखिएको छ ।

 

महासङ्घको तर्फबाट बोर्डमा एक जना सञ्चालक जाने व्यवस्था छ । त्यो व्यवस्था अहिले ढकालले सदुपयोग गरिरहेको देखिन्छ । महासङ्घले निर्णय गरेर पठाएपछि धितोपत्र बोर्डले तपाई यति कम्पनीमा आबद्ध हुनुहुन्छ, बस्न मिल्दैन भनेर भन्न नमिल्ने तर नैतिक रूपमा ढकालले बिचार गर्नुपर्ने विषय भए पनि उहाँले अहिलेसम्म त्यसतर्फ ध्यान दिन नसकेको बोर्डका अधिकारीहरूको भनाई छ । उहाँले महासङ्घको प्रतिनिधिको रूपमा बोर्डमा आएर अहिले महासङ्घलाई नै विवादित बनाउने काम गर्नुभएको छ ।

 

सर्वोत्तम सिमेन्टको सेयर चन्द्र ढकालका भाइ हेमराज ढकाल र ढकालको धेरै लगानी गरेको हाथवेले किनेको छ । हेमराज ढकालले आफ्नो नामको सेयर पनि पुन हाथवेलाई नै बेचेको प्रमाण सार्वजनिक भइसकेको छ । तै पनि नेपाल उद्योग वाणिज्य महासङ्घले ढकाललाई बचाउनको लागि भन्दै विज्ञप्ति निकाल्यो । विज्ञप्तिमा चन्द्र ढकाललाई महासङ्घले २०७७ मङ्सिर ३० गते बोर्डको सञ्चालकमा पठाउने निर्णय गरेको र २०७७ माघ ११ गतेको बैठकमा मात्रै सहभागी भएको उल्लेख गरियो ।

 

तर भाइ हेमराज ढकालले आफू बोर्ड सदस्य हुनु अगावै सेयर खरिद गरेकोले उहाँको प्रतिष्ठामा आँच आउने समाचार सम्प्रेषण नगर्न विज्ञप्ति मार्फत आग्रह गरियो । तर हेमराज ढकालले माघ २६ गते सेयर खरिद गरेको देखिएको छ । अर्थात् चन्द्र ढकाल बोर्डको सञ्चालक भएपछि सेयर खरिद गरेको देखिएको छ । महासङ्घले ढकालको बचाउ गर्दा आफै फसेको देखिएको छ । त्यही भएर अहिले महासङ्घ यो विषयमा तैँ चुम मैँ चुप बनेको छ ।

 

महासङ्घले नै विज्ञप्ति जारी गरेपछि सबै तैँ चुप मैँ चुप हुन्छन् भन्ने सोचे पनि त्यसको वास्तविकता बाहिर आउन थालेपछि ढकाल अब नैतिक बन्ने की अनैतिकता प्रदर्शन गरेर बस्ने सबैको लागि प्रतीक्षाको विषय बनेको छ । अध्यक्ष एकाघरका परिवारका सदस्यलाई सेयर किन्दै हिँडेन, करोडौँ भ्रष्टाचारमा मुछिने ठाउँमा बसेर स्वच्च, पारदर्शी व्यवसायी बन्न समेत समस्या हुने भएकाले बेलैमा ढकालले उचित निर्णय लिन आवश्यक भएको जानकारहरुको भनाई छ ।

वि.सं.२०७८ साउन २० बुधवार १४:५३ मा प्रकाशित

You can share this post!

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १९:३७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो...

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...