काठमाडौं । बुधवार आधा दर्जन बढी कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । उक्त दिन सात कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको हो ।
उक्त दिन सकरात्मक सर्किट लाग्ने अधिकांश जलविद्युत कम्पनीहरु रहेका छन् ।
आज अपि पावर कम्पनी,खानी खोला हाइड्रोपावपर, दिव्याश्वरी हाइड्रोपावपर, कालिका पावर, अप्पर तामाकोशी, घलेम्दी हाइड्रो र यूनियन लाइफ इन्स्योरेन्सको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको हो ।
वि.सं.२०७८ साउन २० बुधवार १४:५९ मा प्रकाशित