back
NMB ad

सहकारीमा लघुवित्त सम्मेलन : सदस्यको सामाजिक विकास र आर्थिक समृद्धिको अवसर सिर्जना गर्ने प्रतिवद्धता

Kumari bank ad

ललितपुर । राष्ट्रिय सहकारी बैंकको १९ औं वार्षिकोत्सवका अवसरमा आयोजित सहकारीमा लघुवित्त सम्मेलन-२०७८ ७ बुंदे प्रतिबद्धता पत्र जारी गर्दै सम्पन्न भएको छ ।

सम्मेलनबाट सहकारी संघ-संस्थाहरुले लघुवित्त संचालन गर्दा सहकारीको दर्शन, मूल्य, मान्यता र सिद्धान्त अनुरूप सवै सदस्यहरुलाई सहभागि गराउने कुराको सुनिश्चितता गर्ने, स्थानीय, प्रदेश तथा केन्द्रीय सरकार, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दातृ संघ-संस्था, बैंक तथा वित्तीय संस्थाहरु र विकास साझेदारहरु बीच समन्वय गरी दिगो विकास लक्ष्य प्राप्तिको लागि स्थानीयस्तरमा क्षमता विकास, उद्यम व्यवसाय तथा मूल्य श्रृखला प्रवद्र्धनक, लगानी बृद्धि गर्न उपयुक्त वातावरण सिर्जना गरी लघुबित्त मार्फत सदस्यहरुको सामाजिक विकास र आर्थिक समृद्धिको अवसर सिर्जना गर्ने प्रतिवद्धता जारी गरिएको छ ।

अति विपन्न परिवारलाई सहज रुपमा सिप, स्रोत, पूँजी उपलब्ध गराउँदै सहकारी मार्फत गरिबी न्यूनिकरण, उत्पादकत्व र रोजगारी सिर्जनामा भूमिका निर्वाह गर्ने, राष्ट्रिय सहकारी बैंकलाई लघुवित्त कारोबार गर्ने सहकारी संघ÷संस्थाको प्रवद्र्धक निकायको रुपमा स्थापित गर्ने, विपन्न वर्गमा कार्य गरेका स्थानिय सहकारीहरुको साझेदारीमा लघुवित्त, लघुउद्यम र बित्तीय समावेशीकरण गर्न राष्ट्रिय सहकारी बैंकद्वारा सहयोग गर्ने प्रतिवद्धता जनाइएको छ ।

सहकारी लघुवित्तको मोडेललाई ब्यवस्थित, सुशासित, प्रविधियुक्त र मर्यादित बनाउँदै आफ्नो छुट्टै पहिचान स्थापित गर्ने र लघुबित्त मार्फत राष्ट्रको गरिबी न्यूनिकरण अभियानमा ठोस भूमिका निर्वाह गर्न वित्तीय पहुँच कमजोर भएका वर्ग, समुदाय र क्षेत्रमा पहुँच विस्तार गर्दै उद्यमशिलता, स्वःरोजगारी सिर्जना र बचत वृद्धि गरी विपन्नमूखि, सदस्यमूखि लैगिंक एवम् बित्तीय समावेशीकरणको अवधारणालाई बित्तीय सेवा प्रवाह मार्फत प्रभावकारी कार्यान्वयन गर्ने प्रतिवद्धता सम्मेलन मार्फत गरिएको छ ।

वि.सं.२०७८ साउन २१ बिहीवार ११:३८ मा प्रकाशित

You can share this post!

नेपाल इटाली चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीकोे १०औँ वार्षिक साधारण सभा सम्पन्न

नेपाल इटाली चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीकोे १०औँ वार्षिक साधारण सभा सम्पन्न

वि.सं.२०८० चैत १६ शुक्रवार २१:०१

काठमाडौं । नेपाल इटाली चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री (एनआईसीसीआई)...

ब्रिटिस कलेजद्वारा पुनः अन्तर्राष्ट्रिय ‘स्टुडेन्ट एक्सचेन्ज’ कार्यक्रमको आयोजना

ब्रिटिस कलेजद्वारा पुनः अन्तर्राष्ट्रिय ‘स्टुडेन्ट एक्सचेन्ज’ कार्यक्रमको आयोजना

वि.सं.२०८० चैत १६ शुक्रवार २०:५३

काठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी)ले यस पटक पनि अन्तर्राष्ट्रिय...

नेपाल लाइफ इन्स्योरेन्ससंगको समन्वयमा नेपाल लाइफ क्यापिटलले गर्यो लगानी व्यवस्थापन कार्यक्रम

नेपाल लाइफ इन्स्योरेन्ससंगको समन्वयमा नेपाल लाइफ क्यापिटलले गर्यो लगानी व्यवस्थापन कार्यक्रम

वि.सं.२०८० चैत १६ शुक्रवार २०:१५

काठमाडौं ।नेपाल लाइफ क्यापिटलले नेपाल लाइफ इन्स्योरेन्ससंगको समन्वयमा १८ मार्च...

एनआईसी एशिया बैंकले मनायो सप्ताहव्यापी ‘ग्लोबल मनी विक २०२४, सातै प्रदेशका ६ हजारभन्दा धेरै विद्यार्थी तथा युवाहरु सहभागी

एनआईसी एशिया बैंकले मनायो सप्ताहव्यापी ‘ग्लोबल मनी विक २०२४, सातै प्रदेशका ६ हजारभन्दा धेरै विद्यार्थी तथा युवाहरु सहभागी

वि.सं.२०८० चैत १६ शुक्रवार २०:०७

काठमाडौं । एनआईसी एशिया बैंकले वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यका...

राजस्व छलीका गाडी र मोटरसाइकलसहित तीनजना पक्राउ   

राजस्व छलीका गाडी र मोटरसाइकलसहित तीनजना पक्राउ   

वि.सं.२०८० चैत १६ शुक्रवार १९:५८

काठमाडौँ, १६ चैत : राजस्व छलीका गाडी र मोटरसाइकलसहित तीनजनालाई...

आगामी आर्थिक वर्षका लागि बजेट लेखन समिति गठन   

आगामी आर्थिक वर्षका लागि बजेट लेखन समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार १९:५१

काठमाडौँ, १६ चैत : अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१/८२...