काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप ३ हजार ९३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ८७० पीसीआर परीक्षणमा ३ हजार ७ जना र ६ हजार ५३८ एन्टिजेन परीक्षणमा ९३१ जनामा संक्रमण पुष्टि भएको हो ।
बिहीवार थप २ हजार १२ जना कोरोना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३७ जनाको मृत्यु भएको छ ।
नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या ७ लाख ८ हजार ७९ पुगेको छ । यीमध्ये ३४ हजार ४२२ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार कोरोना संक्रमणमुक्त हुनेको कुल संख्या ६ लाख ६३ हजार ६६३ पुगेको छ । कोरोनाका नेपालमा अहिलेसम्म ९ हजार ९९४ जनाको ज्यान गएको छ ।
वि.सं.२०७८ साउन २१ बिहीवार १६:५० मा प्रकाशित