back
NMB ad

२२१ प्रतिशतले बढ्यो एनआईसी एशिया लघुवित्तको नाफा, अन्य सूचक कस्ता ?

Kumari bank ad

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासिक वित्तीय अवस्था सार्वजनिक गरेको छ ।

उक्त अवधिमा कम्पनीले ५६ करोड ४ लाख ६ हजार रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनमा २२१.४८ प्रतिशतले बढी हो ।

अघिल्लो वर्ष कम्पनीले १७ करोड ५६ लाख ५४ हजार रुपैयाँ मात्र नाफा कमाएको थियो । कम्पनीले गत वर्षको चौथो त्रैमाससम्म १ अर्ब ३१ करोड ८२ लाख ५७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

अघिल्लो वर्षको तुलनमा खुद ब्याज आम्दानी १७५.९२ प्रतिशतले बढेको हो । अघिल्ला वर्षको सोही अवधिमा ४७ करोड ७७ लाख ५६ हजार रुपैयाँ आम्दनी गरेको थियो ।

चुक्तापुँजी १ अर्ब ७३ करोड ९४ लाख ४० हजार रुपैयाँ रहेको कम्पनीले जगेडा तथा कोषमा भने ९३ करोड ५२ लाख २९ हजार रुपैयाँ राखेको छ ।

कम्पनीले निष्क्रिय कर्जा पनि केही मात्रमा घटाएको छ । अघिल्लो वर्ष शून्य दशमलव ९९ प्रतिशत रहेको निष्क्रिय कर्जा गत वर्ष शून्य दशमलव ९३ प्रतिशतमा झारेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी ३२ रुपैयाँ ४७ पैसा, प्रतिसेयर नेटवर्थ १५३ रुपैयाँ ८४ पैसा रहेको छ ।

वि.सं.२०७८ साउन २२ शुक्रवार १२:३७ मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...