काठमाडौ । रुरु जलविद्युत परियोजनाले गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासिक वित्तीय अवस्था सार्वजनिक गरेको छ ।
उक्त अवधिमा परियोनाले ७ करोड २१ लाख ९२ हजार रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा परियोजनाको नाफा २४.१० प्रतिशतले बढी हो । अघिल्लो वर्ष ५ करोड ८१ लाख ६९ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।
परियोजनाको चुक्तापुँजी ४० करोड ७७ लाख ५ हजार रुपैयाँ रहेको छ । परियोजनाले जगेडा तथा कोषमा १३ कराड ३६ लाख ३३ हजार रुपैयाँ राखेको छ ।
परियोनाले विद्युत बिक्रीबाट गत वर्ष १४ करोड ९६ लाख २६ हजार रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो वर्षको तुलनामा परियोजनाको विद्युत बिक्री आम्दानी २ प्रतिशतले मात्र वृद्धि भएको हो । अघिल्लो १४ करोड ६६ लाख ९२ हजार रुपैयाँ आम्दानी गरेको थियो ।
परियोजनाको प्रतिसेयर आम्दानी २० रुपैयाँ ६८ पैसा र प्रतिसेयर नेटवर्थ १३२ रुपैयाँ ७७ पैसा रहेको छ ।
वि.सं.२०७८ साउन २४ आइतवार ११:५९ मा प्रकाशित