back
NMB ad

साना किसान लघुवित्तको नाफा करिब साढे ६१ करोड, अन्य सूचक कस्ता ?

Kumari bank ad

काठमाडौं । साना किसान लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासमा ६१ करोड ४९ लाख ९० हजार रुपैयाँ नाफा कमाएको छ ।

मंगलबार कम्पनीले सार्वजनिक गरेको वित्तीय अवस्थाले यस्तो देखाएको हो । जुन नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा १२.१७ प्रतिशतले बढी हो । अघिल्लो वर्ष कम्पनीले ५४ करोड ८२ लाख २१ हजार रुपैयाँ नाफा कमाएको थियो ।

कम्पनीले गत वर्ष १ अर्ब २१ करोड ६९ लाख २७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । कम्पनीको खुद ब्याज आम्दानी अघिल्लो वर्षको तुलनामा ९ प्रतिशतले मात्रै बढी हो । अघिल्लो वर्ष १ अर्ब ११ करोड ६२ लाख ३० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

कम्पनीको चुक्तापुँजी १ अर्ब २५ करोड १५ लाख ३० हजार रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा २ अर्ब ३२ करोड ६२ लाख २५ हजार रुपैयाँ राखेको छ ।

कम्पनीको निष्क्रिय कर्जा झिनो वृद्धि भएको छ । अघिल्लो वर्ष ०.६८ प्रतिशत रहेको निष्क्रिय कर्जा गत वर्ष भने ०.६९ प्रतिशत पुगेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ४९ रुपैयाँ १४ पैसा र प्रतिसेयर नेटवर्थ २८५ रुपैयाँ ८७ पैसा रहेको छ ।

वि.सं.२०७८ साउन २६ मंगलवार ११:०४ मा प्रकाशित

You can share this post!

जङ्गलभरि आगलागी : बासस्थान खोज्दै गाउँ झरे वन्यजन्तु   

जङ्गलभरि आगलागी : बासस्थान खोज्दै गाउँ झरे वन्यजन्तु   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:४७

ढोरपाटन (बागलुङ), १३ वैशाख : बागलुङमा फागुन दोस्रो सातादेखि दर्जनौँ...

अर्थमन्त्रीले लिए बजेटबारे ७ पूर्वअर्थमन्त्रीसँग सुझाव, कसले के भने ?

अर्थमन्त्रीले लिए बजेटबारे ७ पूर्वअर्थमन्त्रीसँग सुझाव, कसले के भने ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:४१

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्ष २०८१/०८२...

मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु   

मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:३१

नवीन लामिछाने मनाङ, १३ वैशाखः विकट जिल्ला मनाङमा औषधीय जडीबुटी...

दलका कार्यसमितिको विवरण उपलब्ध गराइदिन निर्वाचन आयोगलाई शिक्षा मन्त्रालयको अनुरोध   

दलका कार्यसमितिको विवरण उपलब्ध गराइदिन निर्वाचन आयोगलाई शिक्षा मन्त्रालयको अनुरोध   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:२६

काठमाडौँ, १३ वैशाखः शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दलीय आबद्धता...

सोह्रौँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको बिस्तारमा जोड दिएको छः प्रधानमन्त्री दाहाल  

सोह्रौँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको बिस्तारमा जोड दिएको छः प्रधानमन्त्री दाहाल  

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:१८

काठमाडौँ, १३ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६औँ योजनामा...

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...