back
NMB ad

१६० प्रतिशतले बढ्यो सामुदायिक लघुवित्तको नाफा, खराब कर्जा ६.८६ प्रतिशत पुग्यो

Kumari bank ad

काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासिक वित्तीय अवस्था सार्वजनिक गरेको छ ।

उक्त अवधिमा कम्पनीले १ करोड ७३ लाख ३५ हजार रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा १६०.८७ प्रतिशतले बढी हो । अघिल्लाले वर्ष कम्पनीको नाफा ६६ लाख ४५ हजार रुपैयाँ मात्र रहेको थियो ।

गत वर्ष कम्पनीले १० करोड ९५ लाख ३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन आम्दानी अघिल्लो आवको तुलनामा ३०.२८ प्रतिशतले बढी हो । अघिल्लो वर्ष कम्पनीको खुद ब्याज आम्दानी ८ करोडड ४० लाख ४६ हजार रुपैयाँ रहेको थियो ।

कम्पनीको चुक्तापुँजी १३ करोड २० लाख रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा ६ करोड ६६ लाख ६७ हजार रुपैयाँ राखेको हो । कम्पनीले जगेडा कोष अघिल्लो वर्षको तुलनामा १ करोड ६२ लाख ८४ हजार रुपैयाँले बढाएको हो ।

कम्पनीको निष्क्रिय कर्जा भने करिब दोब्बर वृद्धि भएको छ । अघिल्लो वर्ष ३.९७ प्रतिशत रहेको निष्क्रिय कर्जा गत वर्ष बढेर ६.८६ प्रतिशत पुगेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी १३ रुपैयाँ १३ पैसा र प्रतिसेयर नेटवर्थ १५० रुपैयाँ ५१ पैसा रहेको छ ।

वि.सं.२०७८ साउन २६ मंगलवार १२:१२ मा प्रकाशित

You can share this post!

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...