
काठमाडौं । पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफू असाधारण जनमतका साथ मुल ढुोका, मुल गेटबाट पुनः नेतृत्वमा आउने बताउनु भएको छ । ओलीले प्रतिनिधि सभाको बैठकमा उक्त कुरा बताउनु भएको हो ।
आफुले पहिला पनि भनेको र भने अनुसार नै प्रम भएको र आगामी दिनमा पनि असाधारण मतका साथ नेतृत्वमा आउने बताउनु भयो ।
उहाँले आफू प्रधानमन्त्री हुन नजन्मेको र काम गर्दै जाँदा प्रम भएको बताउनुभयो ।
‘मलाई राम्रो ग्रह दशाले प्रम बनाएको होइन । मलाई जनताको मतले प्रम बनाएको हो’ उहाँले भन्नुभयो ‘म कसैको इर्साको कारण पनि प्रम भएको होइन, म परमादेशबाट भएको होइन जनादेशबाट प्रम भएको हो ।’ प्रधानमन्त्री पद दाइजोबाट प्राप्त नहुने उहाँको भनाई छ ।
वि.सं.२०७८ साउन २६ मंगलवार १३:५३ मा प्रकाशित