back
NMB ad

निजी क्षेत्रलाई करको भार कम गर्ने बाटोमा अघि बढ्छौँ : उपाध्यक्ष डा. पौडैल

Kumari bank ad

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेलले सस्तोमा वस्तु उत्पादन गर्ने अवसर दिइ नेपाली उद्योगको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्नुपर्ने बताउनुभएको छ ।

नेपाल उद्योग परिसंघले आयोजना गरेको स्वागत एवं सम्मान कार्यक्रममा उपाध्यक्ष डा. पौडेलले सरकारको खर्च घटाइ उद्यमीलाई सहुलियत दिने बाटोमा अघि बढ्नुपर्ने उल्लेख गर्नुभयो ।

‘उद्यमीले सस्तोमा उत्पादन गर्न नसके उनीहरूले प्रतिस्पर्धात्मक क्षमता विकास गर्न सक्दैनन्’ उहाँले भन्नुभयो, ‘सरकारले सहज व्यवसायका लागि नियामकीय दायरा खुला बनाइ खुला प्रतिस्पर्धात्मक बजार निर्माणमा सहयोग गर्नुपर्छ ।’

सरकारले दीर्घकालीन् राजस्वको स्रोतहरू खोज्ने उपाध्यक्ष पौडेलले बताउनुभयो । ‘हामीले निजी क्षेत्रलाई करको दायरा कम गर्ने बाटोमा अघि बढ्छौँ’, उहाँले भन्नुभयो, ‘दीर्घकालीन् राजस्वका स्रोत खोज्ने र सरकारको खर्च कम गर्ने बाटोमा हामी अघि बढ्छौँ ।’

पौडेलले उत्पादनमूलक क्षेत्रको विकास नभइ सेवा क्षेत्रले मात्रै नेपालले उच्च आर्थिक वृद्धिदर हासिल गर्न नसक्ने बताउनुभयो । उद्यमीले व्यहोर्दै आएका जोखिम न्यूनीकरण गर्न सरकारले सहजीकरण गर्ने उहाँले उल्लेख गर्नुभयो । उहाँले नीति तथा कानुनहरूमा एकरूपमा र नयाँ सोचलाई समावेश गर्ने उल्लेख गर्नुभयो ।

पौडेलले अर्थतन्त्रमा उत्पादनशील क्षेत्रको योगदान कमजोर रहेको यथार्थ विवरण सार्वजनिक गरिएको बताउनुभयो । उहाँले सरकारको चालु खर्च उच्च रहेको उल्लेख गर्दै पुँजीगत खर्च वृद्धि गर्नुपर्ने चुनौति रहेको उल्लेख गर्नुभयो ।

परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले दुई अंकको आर्थिक वृद्धिदर हासिल गर्न उत्पादनमुखी अर्थतन्त्रलाई पहिलो उद्देश्य बनाएर काम गर्नुपर्ने बताउनुभयो । अध्यक्ष अग्रवालले परिसंघले औद्योगिक विकास र उत्पादनमूलक अर्थतन्त्रको जग बसाल्न मेक इन नेपाल स्वदेशी अभियान सञ्चालन गरेको भन्दै उक्त अभियान सञ्चालन गर्ने सोच कार्यान्वयन गर्ने महत्त्वपूर्ण श्रेय उपाध्यक्ष पौडेललाई जाने बताउनुभयो ।

उहाँले उपाध्यक्ष पौडेलको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव नेपालको अर्थतन्त्रको तीव्र विकास गर्न, निजी क्षेत्रलाई प्रोत्साहन गर्न र प्रतिस्पर्धात्मक बजार प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका रहने विश्वास व्यक्त गर्नुभयो । उहाँले अर्थतन्त्रलाई गतिशील बनाउन र कोभिडको प्रभावबाट छिटो बाहिर ल्याउन सरकार र निजी क्षेत्र मिलेर काम गर्नुपर्ने धारणा राख्नुभयो ।

यसैगरी परिसंघका निवर्तमान अध्यक्ष सतिशकुमार मोरले आयोगले मुलुकको विकासका लागि दीर्घकालीन्, मध्यकालीन् र अल्पकालीन् योजना बनाइ अघि बढ्ने भएकाले मुलुकलाई औद्योगीकरणको बाटोमा लैजान उपाध्यक्ष पौडेलको भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो ।

‘निजी क्षेत्रको वास्तविक समस्या उहाँलाई राम्रोसँग थाहा छ’ मोरले भन्नुभयो, ‘निजी क्षेत्रसँग सहकार्य गर्दै सहजीकरणका लागि भूमिका खेल्नुहुनेछ भन्ने विश्वास हामीले लिएका छौँ ।’

उहाँले निजी क्षेत्रसँग सहकार्य गरी भविष्यमा नीति निर्माणका लागि आग्रह गर्नुभयो । ‘आयातमुखी अर्थतन्त्रलाई उत्पादनमुखी अर्थतन्त्रमा परिवर्तन गर्न हामीले अभियान अघि बढाएका छौँ, यसलाई मूर्त रूप दिन सक्ने हो भने नेपालको अर्थतन्त्रमा ठूलो परिवर्तन गर्न सक्छौँ’, मोरले भन्नुभयो ।

उहाँले सानो कमजोरीमा पनि व्यवसायीलाई जेल हाल्ने कानुनमा परिमार्जन गर्न जोड दिनुभयो । ‘संसारभर भएको व्यवस्था नेपालमा पनि ल्याउन सक्ने हो भने हामीले लगानी अभिवृद्धि गर्न सक्छौँ’, उहाँले भन्नुभयो ।

वि.सं.२०७८ साउन २७ बुधवार १०:३० मा प्रकाशित

You can share this post!

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...