back
NMB ad

रिलायबल नेपाल लाइफको नाफा साढे २२ करोड बढी, कस्तो छ वित्तीय अवस्था ? (विवरणसहित)

Kumari bank ad

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासि वित्तीय अवस्था सार्वजनिक गरेको छ ।

गत वर्ष कम्पनीले २२ करोड ५९ लाख ४२ हजार रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो आवको चैथो त्रैमासको तुलनामा कम्पनीको नाफा ५.४१ प्रतिशतले मात्र बढी हो । अघिल्लो वर्ष कम्पनीले २१ करोड ४३ लाख ९३ हजार रुपैया नाफा कमाएको थियो ।

गत वर्ष कम्पनीको बीमा शुल्क आर्जन कुल रकम ८८.०३ प्रतिशतले वृद्धि भई ३ अर्ब १ करोड ४९ लाख ९७ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष कम्पनीले १ अर्ब ६० करोड ३३ लाख ३८ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो ।

गत वर्ष कम्पनीले ७५ करोड ५ लाख १८ हजार रुपैयाँ कुल दावी भुक्तानी गरेको छ । भुक्तानी हुन बाँकी रकम भने गत वर्ष देखिएको छैन ।

कम्पनीको चुक्तापुँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा ८४ करोड ३५ लाख ४१ हजार रुपैयाँ राखेको छ ।

यस्तै, कम्पनीले जीवन बीमा कोषमा २ अर्ब ५८ करोड ५१ लाख ५४ हजार र महा विपत्ती जगेडामा ७ करोड ९८ लाख ६३ हजार रुपैयाँ राखेको छ ।

कम्पनीको प्रतिसेर आम्दानी १६ रुपैयाँ १४ पैसा र प्रतिसेयर नेटवर्थ १६५ रुपैयाँ ४२ पैसा रहेको छ ।

वि.सं.२०७८ साउन २७ बुधवार ११:४७ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...