back
Mega Long Ad

जीवनकै सबैभन्दा ठूलो जोखिम मोलेर नयाँ कार्यक्रम सुरु गर्ने भिजनसहित आएको छु : कुलमान घिसिङ

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी कुलमान घिसिङले पदबहाली गर्नु भएको छ । कार्यकारी निर्देशक घिसिङले बुधबार रत्पार्कस्थित प्राधिकरणको केन्द्रीय कार्यालयमा पदबहाली गर्नु भएको हो ।

ऊर्जा जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालको प्रस्तावमा सोमबारको मन्त्रिपरिषद् बैठकले घिसिङलाई ४ वर्षका लागि कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो ।

२०७३ को भदौमा कार्यकारी निर्देशकमा नियुक्त घिसिङले आफ्नो ४ वर्ष कार्यकाल पूरा गरी गत वर्षको भदौमा प्राधिकरणबाट बिदाई हुनुभएको थियो ।

पदबहालीपछि आयोजित बधाई तथा शुभकामना कार्यक्रममा घिसिङले आफ्नो व्यक्तिगत जीवनकै सैभन्दा ठूलो चुनौती स्वीकारेर आएको र सरकारले दिएको जिम्मेवारी दृढताकासाथ वहन गरी आम सुभेच्छुकहरुको विश्वासलाई फेरि पनि अझ उचाइमा लैजाने प्रतिबद्धता जनाउनुभयो ।

‘म विद्युत प्राधिकरणमा आउनै पर्छ भन्ने थिएन, सरकारले दिएको जिम्मेवारी र मलाई प्राधिकरणमै रहेको देख्न चाहाने सर्वसाधारणको अपेक्षालाई पूरा गर्न जीवनकै सबैभन्दा ठूलो जोखिम मोलेर आएको छु’, उहाँले भन्नुभयो । ‘विगतमा गलत काम भएको भए सच्याउने, राम्रा कामलाई अगाडि बढाउने र नयाँ कार्यक्रम सुरु गर्ने भिजनसहित आएको छु, कसैको कुरा काट्ने र बिरोध गर्नेभन्दा पनि सरकारकाले दिएको निर्देशन तथा कार्ययोजना कार्यानयनका गर्न कठोर भएर काम गर्नु पर्ने छ ।’

सुशासनमा कठोर बन्दै सेवा प्रवाहलाई अझै सुधार गर्नु आफ्नो प्राथमिकता रहेको उल्लेख गदै घिसिङले अहिले आम उपभोक्ताले गुनासो गर्ने गरेको झ्याप्प झ्याप्प बत्ति जाने समस्या समाधान गरी विद्युत आपूर्तिको गुणस्तर तथा विश्वसनीयता सुधारमा केन्द्रित हुने प्रतिबद्धता जनाउनुभयो ।

‘विगतमा हासिल भएका उपलव्धीलाई संस्थागत गर्नु,उत्पादित विद्युत खपत बढाउने तथा वजार व्यवस्थापन गर्ने, विद्युत् आपूर्तिको नियमितता र गुणस्तर बृद्धि गर्ने उत्पादन, प्रसारण तथा वितरणतर्फका निर्माणाधीन आयोजनाको काम सम्पन्न गर्ने र नयाँ सुरुवात गर्ने, विद्युतीकरण गर्ने , संस्थागत सुशासन कायम गरी सेवा प्रवाह सुधार गर्नेतर्फ केन्द्रित हुने छौं’ उहाँले भन्नुभयो ।

कार्यक्रममा अर्थ निर्देशनालयका उपकार्यकारी निर्देशक लेखनाथ कोइरालाले अहिलेको चुहावट हटाउन, संस्थाको नाफा बढाउन कार्यकारी निर्देशक घिसिङको कार्यकाल सफल हुने विश्वास व्यक्त गर्नुभयो । ‘बिरामी प्राधिकरणको उपचारका लागि कार्यकारी निर्देशक डाक्टर भएकाले संस्थालाई बचाउन शल्यक्रिया गर्ने, काट्ने उहाँकै हातमा छ’, कोइरालाले भन्नुभयो ।

वि.सं.२०७८ साउन २७ बुधवार १७:२१ मा प्रकाशित

You can share this post!

“बैंक अफ दि इयर” पनि एनएमबि नै, यो पुरस्कार जित्नुको आधार के हो ?

“बैंक अफ दि इयर” पनि एनएमबि नै, यो पुरस्कार जित्नुको आधार के हो ?

वि.सं.२०७८ मंसिर १५ बुधवार २२:०३

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट “क” वर्गको इजाजत प्राप्त नेपालकै...

बैंकक्रप्ट हुने सम्भावना छः पवनकुमार गोल्यान

बैंकक्रप्ट हुने सम्भावना छः पवनकुमार गोल्यान

वि.सं.२०७८ मंसिर १५ बुधवार १७:४५

बैैंक तथा वित्तिय संस्था परिसंघका अध्यक्ष पवनकुमार गोल्यानले ‘बैंकक्रप्ट’ हुन...

एनएमबी बन्यो एसियाकै सर्वोत्कृष्ट बैंक

एनएमबी बन्यो एसियाकै सर्वोत्कृष्ट बैंक

वि.सं.२०७८ मंसिर १५ बुधवार १६:५०

एनएमबी बैंक एसियाकै सर्वोत्कृष्ट बैंक बनेको छ । बुधबार बैंकले...

बैध रूपमा अबैध काम भइरहेको छः अर्थमन्त्री शर्मा

बैध रूपमा अबैध काम भइरहेको छः अर्थमन्त्री शर्मा

वि.सं.२०७८ मंसिर १५ बुधवार १५:५८

काठमाडौ । अर्थमन्त्री जनार्दन शर्माले बैध रूपमा अबैध काम भइरहेको...

आगामी १० बर्षमा मध्यमस्तरको राष्ट्रमा परिणत हुन केन्द्रित हुनुपर्छ : प्रधानमन्त्री देउवा

आगामी १० बर्षमा मध्यमस्तरको राष्ट्रमा परिणत हुन केन्द्रित हुनुपर्छ : प्रधानमन्त्री देउवा

वि.सं.२०७८ मंसिर १५ बुधवार १५:२२

काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थतन्त्रको गुणात्मक वृद्धिका सरोकारवाला सवै...

सेयर बजारमा सुधार: कारोबार रकम भने खुम्चियो, दुई कम्पनीमा झुम्मिए लगानीकर्ता

सेयर बजारमा सुधार: कारोबार रकम भने खुम्चियो, दुई कम्पनीमा झुम्मिए लगानीकर्ता

वि.सं.२०७८ मंसिर १५ बुधवार १५:१४

काठमाडौं । बुधवार सेयर बजारमा सुधार आएको छ । साताको...