back
NMB ad

२ अर्ब ११ करोड नाफा कमाएको कुमारी बैंकको प्रतिसेयर आम्दानी कति ?

Kumari bank ad

काठमाडौं । गत आर्थिक वर्षमा कुमारी बैंकको नाफामा उल्लेख्य सुधार आएको छ ।

बैंकले असार मसान्तसम्म २ अर्ब ११ लाख ४५ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ७२.७४ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा बैंकको नाफा १ अर्ब १५ करोड ८५ लाख ५ हजार रुपैयाँ थियो ।

गत आवमा बैंकको वितरणयोग्य नाफा १ अर्ब ९ करोड ४२ लाख ६ हजार रुपैयाँ रहेको छ । बैंकको खुद ब्याज आम्दानी ५ अर्ब २३ करोड ६९ लाख ५५ हजार रुपैयाँ रहेको छ । जुन अघिल्लो आवको सोही अवधिमा ३ अर्ब ५७ करोड ३१ लाख ९८ हजार रुपैयाँ थियो । यस्तै सञ्चालन मुनाफा २ अर्ब ८५ करोड २० लाख ९३ हजार रुपैयाँ रहेको छ ।

१३ अर्ब ८७ करोड ८४ लाख ७४ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ५ अर्ब ११ करोड ९८ लाख ४ हजार रुपैयाँ रहेको छ । १ खर्ब ४८ अर्ब ६९ करोड ४० लाख ७० हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले १ खर्ब ३७ अर्ब ९९ करोड ८५ लाख ७२ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । प्रतिशेयर आम्दानी १४ रुपैयाँ ४२ पैसा रहेको बैंकको प्रतिशेयर नेटवर्थ १३६ रुपैयाँ ८९ पैसा रहेको छ ।

वि.सं.२०७८ साउन २८ बिहीवार ०७:१६ मा प्रकाशित

You can share this post!

सर्वोत्तम सिमेन्टसहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

सर्वोत्तम सिमेन्टसहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:०४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

वि.सं.२०८० चैत १५ बिहीवार १४:०८

नेपालगञ्ज १५ चैत : केही महिनादेखि ओरालो लागेको शेयर बजारमा...

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

वि.सं.२०८० चैत १५ बिहीवार १४:०२

काठमाडौँ, १५ चैत : त्रिशूली नदीको बुट्टारमा सुपर त्रिशूली हाइड्रोपावर...

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८० चैत १५ बिहीवार १३:५२

वीरगञ्ज (पर्सा), १५ चैत : मुलुककै मुख्य व्यापारिक नाका वीरगञ्ज...

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

वि.सं.२०८० चैत १५ बिहीवार १३:२४

काठमाडौँ, १५ चैत : नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल...

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय नियुक्त

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय नियुक्त

वि.सं.२०८० चैत १५ बिहीवार १३:१६

काठमाडौं । गरिमा विकास बैंकले प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा...