back
NMB ad

गरिमा विकास बैंकको नाफा ४३ प्रतिशतले बढ्यो, यस्तो छ लाभांश दिनसक्ने क्षमता

Kumari bank ad

काठमाडौं । गरिमा विकास बैंकले गत आर्थिक वर्षमा ८२ करोड ५२ लाख ८८ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।

जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ४२.९६ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा बैंकले ५७ करोड ७२ लाख ५५ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । बैंकद्वारा प्रकाशित वित्तीय अवस्था अनुसार असार मसान्तसम्म ६० करोड ५७ लाख १२ हजार रुपैयाँ वितरणयोग्य नाफा रहेको छ । बैंकको लाभांश दिन सक्ने क्षमता १६.४७ प्रतिशत रहेको छ ।

यो अवधिमा खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा निकै सुधार आएको छ । जसले गर्दा नाफा आर्जनमा सघाएको छ । १ अर्ब ९३ करोड ६५ लाख २९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले १ अर्ब १६ करोड ९० लाख ९२ हजार रुपैयाँ सञ्चालन मुनाफा रहेको छ । ३ अर्ब ६७ करोड ५९ लाख १२ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १ अर्ब १९ लाख ९४ हजार रुपैयाँ रहेको छ ।

बैंकले असार मसान्तसम्म ६३ अर्ब ९० करोड २० लाख ८७ हजार रुपैयाँ निक्षेप संकलन गरेर ५१ अर्ब ८० करोड ५५ लाख ३९ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । ०.७९ प्रतिशत बाट घटेर ०.७२ प्रतिशतमा खराब कर्जा झारेको बैंकको प्रतिसेयर आम्दानी २२ रुपैयाँ ४५ पैसा र प्रति सेयर प्रतिसेयर नेटवर्थ १४४ रुपैयाँ ०१ पैसा रहेको छ ।

वि.सं.२०७८ साउन २८ बिहीवार १०:२६ मा प्रकाशित

You can share this post!

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...