back
NMB ad

अघिल्लो सरकारले ल्याएका महत्वपूर्ण योजना हटाउँदैनौ, सरकारको योजना आगामी दिनमा पेश गरौला : मन्त्री शर्मा

Kumari bank ad

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले अघिल्लो सरकारले ल्याएका महत्वपूर्ण आयोजनालाई यो सरकारले अघि बढाउने बताउनु भएको छ ।

राष्ट्रिय सभाको बैठकमा उहाँले अघिल्लो सरकारले ल्याएको आयोजना हटाउने यो सरकारको सोच नभएको र आयोजना हटाएर देश बन्दैन भन्ने पक्षमा सरकार रहेको जानकारी गराउनुभयो । यो सरकारले कसैलाई पनि विभेद नगर्ने समेत जानकारी गराउनुभयो । मन्त्री शर्माले यो सरकारको आगामी योजना अवाश्यकता अनुसार सदनमा पेश गर्ने जानकारी गराउनुभयो । यसको लागि अहिले आवश्यक नरहेको जानकारी गराउनुभयो ।

मन्त्री शर्माले बैठकमा स्वेतपत्रको जानकारी गराँउदै देशको आर्थिक अवस्थाको जानकारी गराएको बताउनुभयो । आफूले कुनै पनि मैले भ्रमको खेती नगरेको र प्रस्तुत स्वेत पत्रमा डेटामा फरक परेकोखण्डमा त्यसको जिम्मा लिन आफू तयार रहेको बताउनुभयो । उहाँले साना आयोजना संघले नहेर्ने र स्थानीय सरकारलाई नै जिम्मा दिने जानकारी गराउनुभयो ।

मन्त्री शर्माले कृषि क्षेत्रमा स्वदेशी लगानी, स्वदेशी युवाले काम गर्न पाउनु पर्छ भन्ने मान्यता रहेको उल्लेख गर्नुभयो । सरकारले कुनै परियोजनामा ५ लाख पठाएको र त्यो खर्च नभएर अन्तिममा फ्रिज हुने गरेको स्मरण गराउनुभयो । ‘यस्ता आयोजनाको प्राथमिकीकरण गरेर अघि बढनुपर्ने मैले महशुस गरेको छु’ उहाँले भन्नुभयो । स्रोत सुनिश्चितता नभएको ३ खर्बको बजेट सडकमा रहेको भन्दै यो पुरानो समस्या रहेको भन्दै आफूलाई पायक पर्ने ठाँउमा बजेट जाने अन्यत्र नजाने समस्या अब हटने बताउनुभयो ।

 

वि.सं.२०७८ साउन २८ बिहीवार १२:३१ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...