back
Mega Long Ad

बेनेली ७५२ एस बाइक किन्दा १ लाख १० हजार छुट !

काठमाडौं । केटिएम इन्टरनेशनल ट्रेडिङ्ग प्रालिले बेनेली इटालीयन ब्राण्डको ७५२ एस मोटसाइकल खरिदमा आकर्षक छुटको व्यवस्था गरेको छ ।

नेपालको एक मात्र आधिकारिक बिक्रेता रहेको उक्त कम्पनीको ७५२ एस मोटरसाइकल खरिदमा पहिलो तीन जनालाई १ लाख १० हजार रुपैयाँ छुट दिने भएको हो ।

इटालीयन लेगेसी बेनेलीले ११०औं वार्षिकोत्सवको अवसरमा नेपालमा पनि ७५२ एसको खरिदमा पहिलो तीन जना ग्राहकलाई उक्त छुटको व्यवस्था गरेको हो ।

यो छुटको व्यवस्था बेनेलीको सबै डिलरहरुबाट लिन सकिने कम्पनीले जनाएको छ । खेलकुद तथा आकर्षक इतिहास ब्राण्डको अवधारणाको विकासले गर्दा पेसरो सहर प्रख्यात बन्न पुगेको हो ।

बेनेली ७५२एस को सिरीजको पुर्नस्थापना गरे पश्चात यो मोटरसाइकल उच्चस्तरका भन्दा मध्यम स्तरीय मोटरसाइकल हो । जसमा बलियो, नेकड, ग्यारेन्टी, विश्वासका साथ आनन्द लिन सकिने भएको छ ।

गतिशील, ठोस, तथा व्यवस्थित तवरका साथ आधुनिक डिजाईन भएको बेनेली ७५२ एस धेरैको रोजाई बन्ने पक्का छ । यसको बलियो ट्युब, फ्रेम, र स्टिलको प्लेटको आकार दिएको छ । चारवटा ट्रोकको ७५० सीसी लिक्वड कुल्ड सिलिण्डरको ईन्जिन, ७६ एचपीमा ८५०० आरपिएम र ६७ एनएममा ६५ आरपीएम पावर र मेक्सिमम टोर्क जडान गरिएको छ ।

प्रत्येक सिलिण्डरमा चारवटा भल्भ भएको र इलेक्ट्रिक फ्यूल इन्जेक्सनसंग डबल थ्रोटल बोडी रहेको छ । यसैगरी हाइड्रोलिक ब्रेक, ब्रेम्बो ब्रेकिङ सिस्टम, सेमी फ्लटिङ डिस्क, अगाडी चार वटा पिस्टन क्यालिपर तथा पछाडी तीर डबल पिस्टन फ्लटिङ क्यालिर, १७ इन्च आल्मोनियम र्याम्स, १२०/७०–१७ र १८०/५५–१७ आकारको टायर, १४.५ लिटर क्षमताको ट्याङकी रहेको छ ।

यो मोटरसाइकल सेतो, रातो, कालो तथा हरियो रङहरुमा उपलब्ध गराईनेछ । सन् २०१६ देखिनै नेपाली बजारमा विभिन्न बेनेली मोडेलका मोटरसाइकलको मागलाई विक्री तथा वितरण गरिरहेको छ ।

बेनेली मोटरसाइकलले राम्रो माईलेज दिनुका साथै सुहाउदो मूल्यमा मोटरसाइकल तथा पाटपूर्जाहरु सजिलै उपलब्ध गराउदै आएको छ ।

वि.सं.२०७८ साउन २८ बिहीवार १३:१८ मा प्रकाशित

You can share this post!

“बैंक अफ दि इयर” पनि एनएमबि नै, यो पुरस्कार जित्नुको आधार के हो ?

“बैंक अफ दि इयर” पनि एनएमबि नै, यो पुरस्कार जित्नुको आधार के हो ?

वि.सं.२०७८ मंसिर १५ बुधवार २२:०३

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट “क” वर्गको इजाजत प्राप्त नेपालकै...

बैंकक्रप्ट हुने सम्भावना छः पवनकुमार गोल्यान

बैंकक्रप्ट हुने सम्भावना छः पवनकुमार गोल्यान

वि.सं.२०७८ मंसिर १५ बुधवार १७:४५

बैैंक तथा वित्तिय संस्था परिसंघका अध्यक्ष पवनकुमार गोल्यानले ‘बैंकक्रप्ट’ हुन...

एनएमबी बन्यो एसियाकै सर्वोत्कृष्ट बैंक

एनएमबी बन्यो एसियाकै सर्वोत्कृष्ट बैंक

वि.सं.२०७८ मंसिर १५ बुधवार १६:५०

एनएमबी बैंक एसियाकै सर्वोत्कृष्ट बैंक बनेको छ । बुधबार बैंकले...

बैध रूपमा अबैध काम भइरहेको छः अर्थमन्त्री शर्मा

बैध रूपमा अबैध काम भइरहेको छः अर्थमन्त्री शर्मा

वि.सं.२०७८ मंसिर १५ बुधवार १५:५८

काठमाडौ । अर्थमन्त्री जनार्दन शर्माले बैध रूपमा अबैध काम भइरहेको...

आगामी १० बर्षमा मध्यमस्तरको राष्ट्रमा परिणत हुन केन्द्रित हुनुपर्छ : प्रधानमन्त्री देउवा

आगामी १० बर्षमा मध्यमस्तरको राष्ट्रमा परिणत हुन केन्द्रित हुनुपर्छ : प्रधानमन्त्री देउवा

वि.सं.२०७८ मंसिर १५ बुधवार १५:२२

काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थतन्त्रको गुणात्मक वृद्धिका सरोकारवाला सवै...

सेयर बजारमा सुधार: कारोबार रकम भने खुम्चियो, दुई कम्पनीमा झुम्मिए लगानीकर्ता

सेयर बजारमा सुधार: कारोबार रकम भने खुम्चियो, दुई कम्पनीमा झुम्मिए लगानीकर्ता

वि.सं.२०७८ मंसिर १५ बुधवार १५:१४

काठमाडौं । बुधवार सेयर बजारमा सुधार आएको छ । साताको...