back
NMB ad

अघिल्लो सरकारको जस्तो लोकप्रिय बजेट ल्याउन पूर्व अर्थमन्त्री पौडेलको चूनौती, गाली गर्न संसदको समय बर्बाद नगर्नु

Kumari bank ad

काठमाडौं । पूर्व अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले सरकारलाई प्रतिस्थापन विधेयक मार्फत अघिल्लो सरकारको जस्तो लोकप्रिय बजेट ल्याउन चूनौती दिनु भएको छ । प्रतिनिधि सभाको बैठकमा उहाँले यस्तो चुनौती दिनु भएको हो ।

२०७७ जेठ १५ मुलुकका समस्यामा केन्द्रीत रहेर यथार्थपरक, व्यवहारिक र लोकप्रिय बजेट आएको र त्यो बजेटलाई आर्थिक क्षेत्रका हरेक क्षेत्रले स्वागत गरेको, निजी क्षेत्र, तिनका छाता संगठन, आर्थिक जगत र उत्पादनका हरेक इकाइले ऐतिहासिक बजेट भनेर समर्थन र स्वागत गरेको स्मरण गराउनुभयो ।

अहिलेको सरकारले आर्थिक अवस्थाको जानकारी गराउने नाममा अघिल्लो सरकारकालाई गाली गर्ने र संसदको समय मात्रै बर्बाद गरेको दाबी गर्नु भएको छ ।

उहाँले अघिल्लो सरकारले अध्यादेश मार्फत ल्याएको बजेट खारेज गर्ने र प्रतिस्थापन विधेयक मार्फत अर्को बजेट ल्याउने भनिएको स्मरण गर्दै अर्को बजेट ल्याउन सुझाव दिनु भएको छ । त्यसका लागि अघिल्लो सरकारलाई दोषारोपण गर्नु पर्ने कारण नभएको पौडेलको दाबी छ । प्रतिनिधि सभाको बैठकमा उहाँले प्रतिस्थापन विधेयक ल्याउनु थियो भने आर्थिक वर्ष २०७८÷७९ को आय र व्ययको अनुमानको अध्यादेश प्रतिनिधिसभा समक्ष प्रस्तुत गरेको किन ? सदनको समय किन बर्बाद गरेको भन्दै प्रश्न गर्नु भएको छ ।

यो सरकार प्रतिस्थापन विधेयक मार्फत नयाँ बजेट ल्याउन अग्रसर भएको भन्दै अघिल्लो सरकारले प्रस्तुत गरेको भन्दा राम्रो र सबैले मनपराउने, कोभिड महामारीले सिर्जना गरेको चुनौतीको सामना गर्ने, आर्थिक क्षेत्रमा राहत र पुनरुत्थानलालाई तिब्रता दिने, अर्थतन्त्रलाई चलाएमान र गतिशील बनाउने नयाँ कार्यक्रम सहितको बजेट ल्याउनु सुझाव दिनुभयो ।

आर्थिक अवस्थाको जानकारी पत्रमा अध्यादेशबाट कानुनी बन्दोबस्त गर्ने संवैधानिक व्यवस्थालाई विरोध गरिएको भन्दै त्यसो भए यो सरकारको पालामा बजेट लगायत कुनै पनि विषयमा कहिल्यै पनि अध्यादेश आउँदैन भनेर विश्वास गर्दा हुन्छ ? भन्दै प्रश्न गर्नुभयो ।

कोभिड महामारीबाट नागरिक जीवनको रक्षा गर्ने, त्यसका लागि निःशुल्क परिक्षण, उपचार र खोपको प्रबन्ध गर्ने, कोभिड प्रभावित परिवारलाई राहत र सहुलियत प्रदान गर्ने, शीघ्र एवम् तीव्र पुनरुत्थानका माध्यमबाट आर्थिक गतिविधि विस्तार गर्ने, श्रम बजारमा प्रवेश गरेका र रोजगारी गुमाएका श्रमिकहरुलाई रोजगारी सुनिश्चित गर्ने, सबै नेपालीलाई जीवनचक्रमा आधारित सामाजिक सुरक्षा प्रदान गर्ने, कृषि उत्पादन र उत्पादकत्व अभिवृद्धि गरी खाद्य सुरक्षाको प्रत्याभूति गर्ने, जीवन उपयोगी एवम् सीपयुक्त शिक्षका लागि पूर्वाधारमा लगानी गर्ने, तिव्र औद्योगिकरण र शीघ्र प्रतिफल प्राप्त हुने रणनीतिक महत्वका पूर्वाधारमा लगानी केन्द्रीत गर्ने, संघ, प्रदेश र स्थानीय तहबीच समन्वय र सहकार्यमार्फत सन्तुलित विकास गर्ने, समन्यायीक विकास र विकासको प्रतिफलमा न्यायपूर्ण पहुँच सुनिश्चि गर्ने, उत्तरदायी शासकीय व्यवस्था, शान्तिसुरक्षाको प्रत्याभूति, भ्रष्टाचार नियन्त्रण, सुशासन र सेवा प्रवाहमा प्रभावकारिता विस्तार गर्ने जस्ता उद्देश्य र प्राथमिकतासँग वर्तमान सरकार सहमत छ कि असहमत ? भन्दै प्रश्न गर्नुभएको छ ।

यस्तै सरकारले प्रतिस्थापन विधेयकमार्फत ल्याउन चाहेको नयाँ बजेटमा सबै नेपालीलाई कोभिड विरुद्धको परीक्षण, उपचार र खोप निःशुल्क गर्ने, सबै स्थानीय तहमा ५, १० र १५ सैयाका आधारभूत अस्पतालहरु निर्माण गर्ने, भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल, किर्तिपुरमा सुपरस्प्यासिलिटी अस्पताल, सातै प्रदेशमा सरकारी स्वामित्वका मेडिकल कलेजहरु, सबै नेपालीको पहुँच सुनिशिचत हुनेगरी स्वास्थ्य विमाको दायार विस्तारका कार्यक्रमहरु जारी रहन्छन् कि खारेज हुन्छन् भन्दै प्रश्न गर्नु भएको छ ।

उहाँले सबै नेपालीलाई शुद्ध र पर्याप्त खानेपानी सेवा उपलब्ध गराउने र हरेक परिवारलाई प्रतिमहिना २० हजार लिटरसम्म निः शुल्क उपलब्ध गराउने, उपभोक्तालाई आधारभूत खाद्यान्नमा २० प्रतिशत सहुलियत दिने, विद्युतको डिमाण्ड शुल्क र महशुलमा भारी छुट दिने, व्यवसायीक निरन्तरता कोष, पुनर्कर्जा तथा सहुलियतपूर्ण कर्जाको सीमा र क्षेत्र विस्तार, स्टार्ट अपलाई सहुलियतपूर्ण ऋण र कर सम्बन्धि विभिन्न राहत र छुटका कार्यक्रमहरु जारी रहन्छन् कि खारेज हुन्छन् ? भन्दै प्रश्न गनुृभएको छ ।

व्यवसायीक खेतीका लागि जग्गा लिजमा दिने, रासायनिक मलको अनुदान वृद्धि गर्ने, ठूला सहत सिंचाई, भूमिगत सिंचाई र लिफ्ट सिंचाईको माध्यमबाट सिंचाई सुविधा विस्तार गर्ने, सुनकोशी मरिन वागमती लगायतका नदी पथान्तरण आयोजनाहरु के हुन्छन् ? सडक, पुल, रेलमार्ग, विमानस्थल, खानेपनी, जलविद्युत, विद्युत प्रशारण लाईन आदिका आयोजनाहरु के हुन्छन् रु हुलाकी राजमार्ग, पूर्वपश्चिम राजमार्ग, मदनभण्डारी राजमार्ग, पुष्पलाल राजमार्ग, कोशी, कण्डकी, कर्णाली कोरिडोर सडक आदिको अवस्था के हुन्छ रु तराईको शहरी पूर्वाधार निर्माणका आयोजनाहरु के हुन्छन् ?

वातावरण संरक्षणका लागि ४० माइक्रोन भन्दा पातलो प्लास्टीक झोलामा रोक लगाइन्छ र खुला गरिन्छ ? विद्युतीय सवारी साधन र विद्युतीय उपकरणहरुको प्रयोगलाई विस्तार गर्न अवलम्बन गरिएको सकारात्मक कर नीति के हुन्छ ? तीन वर्षभित्र सम्पूर्ण सार्वजनिक विद्यालय तथा क्याम्पसहरुको आधुनिक पूर्वाधार निर्माण गर्ने राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम के हुन्छ ? सातै प्रदेशमा आधुनिक औद्योगिक क्षेत्रको निर्माण र वैदेशिक लगानी आमन्त्रण गर्ने नीतिमा नियमन गरिन्छ वा तिनलाई निरन्तरता दिइन्छ ?

सामाजिक सुरक्षा भत्ता के हुन्छ ? जीवनचक्रमा आधारित सामाजिक सुरक्षा कार्यक्रम के हुन्छ ? राष्ट्रिय गौरव र रुपान्तरणकारी योजनामा गरिएको विनियोजन कटौती गर्ने आँट छ ? जानकारी पत्रमा उल्लेख गरिए जसरी राजश्व परिचालनको लक्ष्य बढाउन, आन्तरिक ऋण र वैदेशिक सहायता वा ऋणको दायरा घटाउन र समग्र बजेटकै साइज घटाउने योजना छ ?

पूर्वमन्त्री पौडेलले अर्थमन्त्री शर्मालाई पूर्ववर्ती सरकारको आधारहिन आलोचनाका लागि समय बर्बाद नगर्न र कोभिड महामारीको सामना गर्न, अर्थतन्त्रलाई गतिशील बनाउन र भौतिक पूर्वाधार तथा मानवीय विकासको काममा केन्द्रीत हुन सुझाव दिनुभएको छ ।

वि.सं.२०७८ साउन २८ बिहीवार १५:२७ मा प्रकाशित

You can share this post!

छुट्ला है, यी दुई इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

छुट्ला है, यी दुई इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

वि.सं.२०८१ वैशाख ६ बिहीवार ०६:४७

काठमाडौं । आज बैशाख ६ गते, बिहीबार, सूर्यज्योति लाइफ इन्स्योरेन्स...

आज ६ बैशाख २०८१ बिहिवार, यस्तो छ आजको राशिफल

आज ६ बैशाख २०८१ बिहिवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख ६ बिहीवार ०६:१५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

चार अर्ब अमेरिकी डलरभन्दा बढी विदेशी लगानी आकर्षित गर्ने श्रीलङ्काको योजना   

चार अर्ब अमेरिकी डलरभन्दा बढी विदेशी लगानी आकर्षित गर्ने श्रीलङ्काको योजना   

वि.सं.२०८१ वैशाख ५ बुधवार २१:३४

कोलम्बो(श्रीलङ्का), ५ वैशाख : श्रीलङ्काली सरकारले सन् २०२४ मा चार...

सुदूरपश्चिमकै सबैभन्दा ठूलो चिस्यान केन्द्र बन्द हुने अवस्थामा   

सुदूरपश्चिमकै सबैभन्दा ठूलो चिस्यान केन्द्र बन्द हुने अवस्थामा   

वि.सं.२०८१ वैशाख ५ बुधवार २१:२६

घोडाघोडी (कैलाली), ५ वैशाख : सुदूरपश्चिम प्रदेशकै सबैभन्दा बढी क्षमता...

सामुदायिक विद्यालयमा छोराछोरी भर्ना गर्ने अभिभावकको निःशुल्क स्वास्थ्य बीमा गरिदिने  

सामुदायिक विद्यालयमा छोराछोरी भर्ना गर्ने अभिभावकको निःशुल्क स्वास्थ्य बीमा गरिदिने  

वि.सं.२०८१ वैशाख ५ बुधवार २१:१९

गोरखा, ५ वैशाख : गोरखा नगरपालिकाले सामुदायिक विद्यालयमा बालबालिका भर्ना...

विश्व वरियतामा ऐरीको नयाँ कीर्तिमान   

विश्व वरियतामा ऐरीको नयाँ कीर्तिमान   

वि.सं.२०८१ वैशाख ५ बुधवार १६:२२

काठमाडौँ, ५ वैशाखः नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य दीपेन्द्रसिंह ऐरी...