back
NMB ad

नेपाल लाइफ इन्स्योरेन्सको नाफामा छैन प्रगति, २ अर्ब ५५ करोड भुक्तानी हुन बाँकी

Kumari bank ad

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासिक वित्तीय अवस्था सार्वजनिक गरेको छ ।

कम्पनीले गत वर्ष ५३ करोड ५९ लाख ४३ हजार रुपैयाँ नाफा कमाएको छ । कम्पनीको नाफा अघिल्लो वर्षको तुलनामा २.०५ प्रतिशतले मात्र बढी हो । अघिल्लो वर्षको चौथो त्रैमासमा कम्पनीले ५३ करोड ३ लाख ७९ हजार रुपैयाँ नाफा कमाएको थियो ।

कम्पनीले गत वर्ष ३२ अर्ब ३६ करोड ९५ लाख ५६ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । उक्त अवधिमा ९ अर्ब ७१ करोड ९५ लाख ३० हजार रुपैयाँ कुल दावी भुक्तानी गरेको कम्पनीको भुक्तानी हुन बाँकी दावी रकम भने २ अर्ब ५५ करोड ५१ लाख ९० हजार रुपैयाँ रहेको छ ।

चुक्तापुँजी ७ अर्ब १९ करोड ९९ लाख ७० हजार रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा १ अर्ब १ करोड ६३ लाख ४६ हजार रुपैयाँँ राखेको छ ।

यस्तै, जीवन बीमा कोषमा १ खर्ब १२ अर्ब ५१ करोड २९ लाख ३४ हजार रुपैयाँ र महाविपत्ती कोष जगेडामा ५८ करोड ८९ लाख ६ हजार रुपैयाँ राखेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी ७ रुपैयाँ ४४ पैसा(गणना गर्दा अन्तिम सेयर संख्या लिएका) र प्रतिसेयर नेटवर्थ १२२ रुपैयाँ ३० पैसा रहेको छ ।

वि.सं.२०७८ साउन २९ शुक्रवार १०:२९ मा प्रकाशित

You can share this post!

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...