back
NMB ad

खुद ब्याज आम्दानी घटेपनि हिमालयन बैंकको नाफा १५.८९ % ले बढ्यो

Kumari bank ad

काठमाडौं । हिमालयन बैंकले गत आर्थिक वर्षमा २ अर्ब ९९ करोड ८० लाख रुपैयाँ नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा १५.८९ प्रतिशतले बढेको छ ।

अघिल्लो आवको सोही अवधिमा बैंकको नाफा २ अर्ब ५८ करोड ६७ लाख २२ हजार रुपैयाँ रहेको थियो । बैंकको वितरणयोग्य नाफा २ अर्ब १६ करोड ९८ लाख ८४ हजार रुपैयाँ रहेको छ ।

गत आवमा बैंकको खुद ब्याज आम्दानी २१.४३ प्रतिशतले घटेर ३ अर्ब ७८ करोड ८२ लाख ६ हजार रुपैयाँ रहेको छ । तर सञ्चालन मुनाफा भने २६.२७ प्रतिशतले बढेर ४ अर्ब ३० करोड ७७ लाख ५७ हजार रुपैयाँ पुगेको छ ।

१० अर्ब ६८ करोड ४४ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ६ अर्ब ५८ करोड ६४ लाख ७७ हजार रुपैयाँ रहेको छ । १ खर्ब ४१ अर्ब २ करोड १० लाख ७४ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले १ खर्ब २६ अर्ब २ करोड ९७ लाख ८१ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।

बैंकको खराब कर्जा १.०१ प्रतिशतले बाट घटेर ०.४८ प्रतिशत रहेको छ । प्रतिसेयर आम्दानी २८ रुपैयाँ ६ पैसा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १८७ रुपैयाँ ९४ पैसा रहेको छ ।

वि.सं.२०७८ साउन २९ शुक्रवार १०:३९ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...