back
NMB ad

१० वटा बैंकको नाफा २६.१९ % ले बढ्यो, कुनको कति (विवरणसहित)

Kumari bank ad

काठमाडौं । सञ्चालनमा रहेको वाणिज्य बैंकमध्ये अहिलेसम्म १० वटाले गत आर्थिक वर्ष २०७७÷०७८ को चौथो त्रैमासको वित्तीय अवस्था सार्वजनिक गरेका छन् ।

यो अवधिमा बैंकको नाफा २६.१९ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षमा १९ अर्ब ७९ करोड ३ लाख ९५ हजार रुपैयाँ नाफा आर्जन गरेका बैंकले असार मसान्तसम्म २४ अर्ब ९७ करोड ४२ लाख ९ हजार रुपैयाँ नाफा आर्जन गरेका छन् । वित्तीय अवस्था सार्वजनिक गरेका वाणिज्य बैंकको ९ वटाको नाफा बढेको छ भने एभरेष्ट बैंकको नाफा घटेको छ ।

एभरेष्ट बैंकको नाफा २७.३४ प्रतिशतले घटेर १ अर्ब ८२ करोड ८२ लाख ७७ हजार रुपैयाँमा सिमित बनेको छ । अघिल्लो आवको असार मसान्तसम्म बैंकको नाफा २ अर्ब ५१ करोड ६२ लाख ४४ हजार रुपैयाँ रहेको थियो ।

यो अवधिमा सबैभन्दा बढी नाफा कृषि विकास बैंकको रहेको बैंकले असार मसान्तसमम ३ अर्ब ६९ करोड ४४ लाख ७० हजार रुपैयाँ नाफा आर्जन गरेको छ । बैंकको नाफा ३ अर्ब ३३ करोड १७ लाख ३७ हजार रुपैयाँबाट १०.१९ प्रतिशतले बढेको छ । ३ अर्ब भन्दा बढी नाफा कमाउने बैंकमा नेपाल बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक रहेका छन् । अहिलेसम्मको वित्तीय अवस्था हेर्दा धेरै नाफा कमाउने दोस्रो बैंकमा नेपाल इन्भेष्टमेन्ट बैंक रहेको छ ।

बैंकले असार मसान्तसम्म ३ अर्ब ६५ करोड १४ लाख ९६ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । बैंकले अघिल्लो आवको तुलनामा ५०.६८ प्रतिशतले नाफा बढाएको छ । त्यस्तै नेपाल बैंकको नाफा ३ अर्ब ६ करोड ५४ लाख ५७ हजार रुपैयाँ रहेको छ । यो अवधिमा बैंकको नाफा ३१.४० प्रतिशतले नाफा बढेको छ ।

यस्तै ४ वटा बैंकको नाफा २ अर्बं बढी रहेको छ भने १ वटा बैंकको नाफा भने १ अर्ब बढी रहेको छ । प्रकाशित वित्तीय अवस्था हेर्दा बैंकको नाफा प्रतिशतको आधारमा हेर्दा सबैभन्दा बढी नेपाल बंगलादेश बैंक रहेको छ । बैंकको नाफा ८४.१६ प्रतिशतले नाफा बढेको छ । यस्तो कुमारी बैंकको ७२.७३ प्रतिशतले नाफा बढेको छ । इन्भेष्टमेन्ट बैंकको नाफा ५०.६८ प्रतिशतले बढ्दा, मेगा बैंकको ४५.१६, सिटिजन्स बैंकको ३३.३९, नेपाल बैंकको ३१.४०, हिमालयन बैंकको १५.८९, कृषि विकास बैंकको १०.८८, लक्ष्मी बैंकको नाफा ९.१९ प्रतिशतले बढेको छ ।

वि.सं.२०७८ साउन २९ शुक्रवार १३:१६ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...