back
NMB ad

मौद्रिक नीतिले सेयर बजारमा असर परे लोनको सिमा जुनसुकै बेला संशोधन गर्न तयार छु : अर्थमन्त्री शर्मा

Kumari bank ad

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले हालै जारी गरिएको मौद्रिक नीतिले सेयर बजारमा असर गरे जुनसुकै बेला लोनको सिमा संशोधन गर्न तयार रहेको बताउनुभएको छ ।

लगानीकर्ताहरुको दुई संगठनहरुको सुझावपत्र बुझ्दै मन्त्री शर्माले यस्तो बताउनुभएको हो ।

हालै जारी गरिएको आर्थिक वर्ष २०७८/७९ मौद्रिक नीतिमा पुँजीबजारको विकास र विस्तारका लागि लगानीकर्ताका दुई संगठनले अर्थमन्त्री जनार्दन शर्मालाई ७ बुझे सुझाव पेश गरेका हुन् ।

लगानीकर्ताहरुले सेयर कर्जामा बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जा जोखिम न्युनिकरण गर्दै साना लगानीकर्ताहरुको पुहँछ अभिवृद्धि गर्ने बहानामा उल्टो साना लगानीकर्ताको नाममा समग्र पुँजिबजारलाई ध्वस्त बनाउने अभिप्रयाले यस्तो कर्जिा एक व्यक्ति वा संस्थाले एक वित्तीय संस्थाबाट अधिकमत ४ करोड र समग्र वित्तीय प्रणालीबाट अधिकतम १२ करोडसम्म लिन सक्ने व्यवस्था प्रति गम्भिर आपत्ति जनाएका छन् ।

लगानीकर्ताले मौद्रिक नीतिमा उल्लेख भएको उक्त नीति खारेज गर्दै पुरानै व्यवस्थालाई निरन्तरता दिनका लागि अर्थमन्त्री शर्मालाई अनुरोध गरेका हुन् ।

लगानीकर्ताहरुको दुई संगठनहरुले जारी गरेको विज्ञप्तिमा भनिएको छ– :बैक तथा वित्तीय संस्थाको कुल पुँजीको ४० प्रतिशतसम्म सेयर कर्जा प्रवाह गर्न पाउने हालको व्यवस्थाले करिब २५० अर्ब सम्म लगानी गर्न सक्ने व्यवस्था भएता पनि हालसम्म जम्मा ९४ अर्ब मात्र उपभोग हुँदै आएकोले कुल उपभोग्य कर्जा करिव ४० प्रतिशत पनि खपत नभएको सन्दर्भमा सेयर कजालाई प्रोत्साहित गर्नुको सट्टा व्यक्तिगत÷संस्थागत कर्जा सिमा प्रति वित्तीय संस्थाबाट ४ करोड र समग्र वित्तीय प्रणालीबाट १२ करोड सम्मको सिमा तोक्नुले पुँजीबजारलाई विकसित गर्नु नभई संकुचित गर्न खोजिएको देखिन्छ ।”

यस्ता छन् लगानीकर्ताहरुको संगठनले अर्थमन्त्री शर्मालाई दिएको सुझावहरु:

वि.सं.२०७८ साउन ३१ आइतवार १३:०० मा प्रकाशित

You can share this post!

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १९:३७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो...

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...