काठमाडौं । पदिय हैसियत र नैतिकता बिर्सेर छोरीको नाममा सर्वोत्तम सिमेन्ट सेयर किनेका अर्थ समितिले बोलाएरपछि नेपाल धितोपत्र बोर्डका उप कार्यकारी निर्देशन डा. नवराज अधिकारी र कामु कार्यकारी निर्देशक मुक्ती श्रेष्ठसहित अर्थ समितिमा पुगेका अध्यक्ष भिष्मराज ढूंगानाले आफ्नो चरित्र हत्या गर्न खोजिएको र छोरीले गरेको कारोबारको आफूले जवाफ दिन पर्ने भन्दै पन्छिन खोजेको देखिएको छ ।
बोर्डका अध्यक्षको पक्षमा बोलेका उप कार्यकारी निर्देशकद्वय डा. अधिकारी र श्रेष्ठले पनि कानून अनुसार नै सबै कारोबार भएको भन्दै समितिलाई जवाफ दिएका छन् । समितिमा जवाफ दिने क्रममा अध्यक्ष ढुंगानाले आफूले राष्ट्र बैंकमा ३० वर्ष काम गरेको र पछिल्लो समयमा आएका घट्नाले आफूलाई नमज्जा लागेको बताउनु भयो । यस्तो छ उहाँले समितिमा दिएको जवाफ :
म माथि समाचारहरु कसरी आएको छ भने नी, मानौ मैले नै सेयर किनेको छु, मैले सेयर किनेको होइन । ठ्याम्मै होइन, मेरो हात नै छैन । त्यसमा दुई तीन वटा कुरा के भन्छु भने, मैले भित्री कारोबारको बारेमा भनिन् । बोर्डको आचरण सम्बन्धी आचार संहिताले यो कुरालाई छुदैन । अनि यो सर्वोत्तम भने कम्पनी सूचीकृत संस्था होइन । सर्वोत्तम सिमेन्टको सेयर कारोबार दायरमा पनि पर्दैन । अनि सर्वोत्त सिमेन्टको बुक विल्डिङ धितोपत्र बोर्डमा आको पनि छैन ।
बोर्डमा नआएको विषयमा हामीले कसरी थाहा पाउने । यस्ता त डेढसय वटा कम्पनीहरु छन् बजारमा । कहाँ कहाँ के–के भईरहेका छन्, सबै मलाई थाहा हुँदैन । त्यसले गर्दा मैले के भन्न चाहान्छु भने मेरी छोरी विगत ५,६ वर्षदेखि अमेरिकामा छन् । मेरो ज्वाई मेरो छोरी अमेरिकामै बस्छन् । अनि उनीहरुको आमा बुबा सबै यता काठमाडौंमा हुनुहुन्छ । मेरो छोरी र उनको परिवारले परिवारको सल्लाहले पनि कुनै पनि काम कारवाही हुने कुरा छ भने त्यो मलाई थाहा हुने कुरा भएन, किनभने मलाई भन्दैनन् । त्यसपछि उनीहरुको परिवारमा के-के किन्ने कुराहरु हुन्छन्, उनको परिवारमा के–के बेच्ने कुरा हुन्छन त्यो मेरो सरोकारको विषय पनि होइन । मैले तिमिहरुले सबै कुरा भन भन्न मिल्दैन ।
यसरी व्यवहार मिलाउने कुरा के हुन्छ त्यो मलाई थाहा हुने कुरा भएन । त्यसमा पनि छोरीको घर परिवारले किनेको सेयर वा बिवाहित छोरीले आफूले किनेको सेयर प्रचलित कानुनले म बोर्ड अध्यक्ष भएकै नाताले किनबेच गर्न बन्देज पनि लगाएको छैन है, त्यो मिलेन । अब म बोर्ड अध्यक्ष भईसकेपछि अहिलेसम्म ऐन कानूनले परिवारको यो यो ले मिल्दैन है भन्ने कुरा छ, त्यो कुरा म मान्छु । हो त्यसले पुगेन भने राखौँ, कुन लेभलसम्म जाने ।
मेरो विवाहित छोरा छोरीलाई पनि राख्ने हो कि, मेरो ज्वाईलाई पनि राख्ने हो कि, मेरो सासु ससुरालाई पनि राख्ने हो कि अथवा मेरो नाती पनातीसम्म राख्ने हो कि, कुन लेभलसम्म जानुपर्छ, यदि ऐन कानुन चाहिँन्छ भने बनाऔ । कानुन हामीले बनाउने होनि । तर कुरो उठ्यो, किन उठ्यो भने उ मेरो छोरी भएको नाताले कुरा उठ्यो । तर, मेरो छोरी माथिको अधिकार कति हो त भन्ने कुरा पनि त हेर्दिनुपर्यो ।
यसमा मैले कुरा यहाँहरुलाई राखे अब उनले, उनको घर परिवारले प्राथमिक बजारमा किनबेच गर्न पाउँछ, अहिलेको कानुन अनुसार दोस्रो बजारमा पनि पाउँछन । ओटीसी बजारमा पनि पाउँछ, यो कानुनले उनीहरुलाई दिएको अधिकार हो । यो उनीहरुको सम्पत्ति किनबेच गर्ने संवैधानिक अधिकार पनि हो । यो कारोबार म आफैले गरेको होइन र जुन म आफै गरेको जस्तो समाचार आएको छ त्यो गलत हो । मैले यति कुरा यहाँहरुसँग निवेदन गरे ।
त्यसपछि मेरी छोरी विवाहित महिला हुन, यस सम्मानित समितिमा माननीय महिला सांसद ज्यूहरु पनि हुनुहुन्छ, उहाँहरुले पनि आफै महिला भएका नाताले आफ्नो घरमा सम्पत्ति किन्दा अथवा सेयर किन्दा वा कुनै आर्थिक लेनदेन गर्दा आफ्नो माइती पक्षसंग सल्लाह लिने अथवा माइतीको स्वीकृत लिने भनेको कति सम्मको जायज होला, त्यो हामी व्यवहारिक हिसाबले पनि एउटा मूल्याङ्कन गरौँ । तर मेरो कुरो के हो भने मिडियामा जे-जे आईरहेका छन, त्यो आएका कुराहरु सबै ठिक हुँदैनन् सत्य हुँदैनन् । हामीले यसलाई दुईवटा कुराले हेर्नुपर्यो ।
एउटा कुरा व्यक्तिगत रुपले कुनै पदाधिकारी माथि आक्षेप आउछ भने त्यो आक्षेप आउने कुरालाई हामीले नियन्त्रण गर्नुपर्छ । कुन कुन तरिकाले गर्नुपर्छ हामी त्यही आचार संहिता छ नि त, बनाउँ, । अन्य मुलुक हरुमा पनि विभिन्न निकायको धितोपत्र बोर्डको चेयरमेनहरु हुनुहुन्छ, उहाँहरुको पनि आचारसंहिता छ, उहाँहरुले पनि किनबेच गर्न पाउनुहुन्छ, मैले देख्या छु । मैले भने नि सिस्टम नबनाउ । प्रश्न उठने ठाउँ नराखौँ । ऐन कानुनले पनि यसलाई हामी परिवर्तन गरौँ । र आगामी दिनमा यस्तो कुराहरु नओस्, यस्तो कुरा मलाई पनि राम्रो र मज्जा लागिरहेको छैन ।
माननीयज्यू, म पनि राष्ट्र बैंकमा ३० वर्ष काम गरेर आएको हुँ, यस्तो मैले कहिले पनि सुनेको थिएन । यस्तो कुराले त मजा आएन नी हजुर । यहाँ बजारमा त छिरिक्क एउटा कुरा बोल्यो भने त अर्कै कुरा आउँछ । माननीय ज्यूहरुले हेर्नुभाछ नि कहिले बावुराम भट्टराई जीको कुरा आउँछ, कहिले पुराना अर्थमन्त्रीको कुरा आउँछ, कहिले कसको कहिले कसको आउँछ, यो राम्रो भएन के हामीले नियम कानुन कमजोरीहरु जहाँजहाँ छन् यस्तो लाग्छ भने बनाउ, अब यस्तो कुराहरुलाई व्यवहारिक रुपले पनि हेरौँ, र ऐन कानूनको हिसाबले पनि हेरौ र यसलाई दरिलो बनाउँदै लैजाउँ भन्ने मेरो अनुरोध हो ।
वि.सं.२०७८ साउन ३१ आइतवार १५:५१ मा प्रकाशित