काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य वृद्धि भएको छ । आज कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४ प्रतिशतले वृद्धि भएको हो ।
साताको पहिलो कारोबार दिन आइतबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता १२ रुपैयाँ ६० पैसाले वृद्धि भई ३२७ रुपैयाँ ३० पैसा पुगेको छ ।
आज कम्पनीको ९ हजार ७३५ रुपैयाँ बराबरको ३० कित्ता मात्र सेयर खरिदबिक्री भएको नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले जनाएको छ ।
वि.सं.२०७८ साउन ३१ आइतवार १६:१९ मा प्रकाशित