back
NMB ad

आइएमई लाइफ इन्स्योरेन्सले कमायो १३ करोड बढी नाफा, यस्ता छन् अन्य सूचक

Kumari bank ad

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७७७८ को चौथो त्रैमासिक वित्तीय अवस्था सार्वजनिक गरेको छ ।

कम्पनीले गत वर्ष १३ करोड ४ लाख ९ हजार रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो वर्ष १.०५ प्रतिशतले मात्र बढी हो । अघिल्लो वर्ष कम्पनीले १२ करोड ९० लाख ५३ हजार रुपैयाँ नाफा कमाएको थियो ।

कम्पनीले यस त्रैमास सम्ममा २ अर्ब ७९ करोड ६३ लाख ३५ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । कम्पनीको कुल बीमाशुल्क आर्जन अघिल्लो वर्षको तुलनामा ९९.४७ प्रतिशतले बढी हो । अघिल्लो वर्ष कम्पनीको कुल बीमाशुल्क आर्जन रकम १ अर्ब ४० करोड १८ लाख ६५ हजार रुपैयाँ रहेको थियो ।

यस त्रैमाससम्ममा कम्पनीले ५२ करोड ८२ लाख ६५ हजार रुपैयाँ कुल दावी भुक्तानी गरेको छ । उक्त अवधिमा भुक्तानी हुन बाँकी दावी रकम भने छैन ।

कम्पनीको चुक्तापुँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा ४७ करोड ७७ लाख ५८ हजार रुपैयाँ राखेको छ ।

यस्तै, जीवन बीमा कोषमा २ अर्ब ९७ करोड २९ लाख ६४ हजार र महाविपत्ति जगेडामा ५ करोड १४ लाख ६ हजार रुपैयाँ राखेको छ । कम्पनीको तिर्न बाँकी दीर्घकालिन ऋण तथा सापटी रकम भने छैन ।

कम्पनीको प्रतिसेयर आम्दानी ९ रुपैयाँ ३१ पैसा र प्रतिसेयर नेटवर्थ १३७ रुपैयाँ ८० पैसा रहेको छ ।

वि.सं.२०७८ साउन ३२ सोमवार १०:४६ मा प्रकाशित

You can share this post!

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...