back
NMB ad

गोर्खाज फाइनान्सको नाफामा छलाङ : वितरणयोग्य नाफा ४० करोड बढी, यस्ता छन् अन्य सूचक

Kumari bank ad

काठमाडौं । गोर्खाज फाइनान्स कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासिक वित्तीय अवस्था सार्वजनिक गरेको छ ।कम्पनीले गत वर्ष नाफामा उल्लेखीय सुधार गरेको छ ।

अघिल्लो वर्ष नोक्सानीमा रहेको कम्पनीले गत वर्ष २० करोड १८ लाख ९६ हजार रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्ष ७ करोड ९४ लाख ९३ हजार रुपैयाँ नोक्सानीमा रहेको कम्पनीको नाफा गत वर्ष १५३.९७ प्रतिशतले बढेको हो ।

गत वर्ष कम्पनीले २१ करोड ५८ लाख ५६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्ले वर्षको तुलनामा कम्पनीको खुद ब्याज आम्दानी भने २९.१९ प्रतिशतले कमी हो । अघिल्लो वर्ष कम्पनी ३० करोड ४८ लाख ५८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

यस्तै, कम्पनीको गत वर्षको संचालन मुनाफा ५७ करोड ६९ लाख ७० हजार रुपैयाँ रहेको छ । अघिल्लो वर्षको तुलनामा कम्पनीको संचालन मुनाफा ४८६.९३ प्रतिशतले वृद्धि भएको हो । कम्पनीको वितरणयोग्य नाफा ४० करोड ७ लाख ५३ हजार रुपैयाँ रहेको छ ।

कम्पनीको चुक्तापुँजी ८६ करोड ७९ लाख ९३ हजार रुपैयाँ रहेको छ । कम्पनीले जगेडा कोषमा भने ७५ करोड ६४लाख ५८ हजार रुपैयाँ राखेको छ ।

कम्पनीले खराब कर्जा पनि घटाएको छ । अघिल्लो वर्ष ८.८२ प्रतिशत रहेको खराब कर्जा गत वर्षसम्म आईपुग्दा भने कम्पनीले ३.६५ प्रतिशतमा झारेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी २३ रुपैयाँ २६ पैसा र प्रतिसेयर नेटवर्थ २०१ रुपैयाँ ४४ पैसा रहेको छ ।

वि.सं.२०७८ साउन ३२ सोमवार १३:३८ मा प्रकाशित

You can share this post!

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...