काठमाडौं । भदौ महिनाको पहिलो कारोबार दिन सुनको मूल्य वृद्धि भएको छ । नेपाली बजारामा छापावाला सुनको मूल्य तोलामा ३ सय रुपैयाँले वृद्धि भएको हो ।
अघिल्ल्लो कारोबार दिन ९० हजार ७ सय रुपैयाँमा खरिदबिक्री भएको सुन आज बढेर ९१ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महांघका अनुसार आज तेजावी सुनको मूल्य ९० हजार ५ सय रुपैयाँ निर्धारण भएको छ । अघिल्लो दिन ९० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि वृद्धि भएको छ । साताको तेस्रो कारोबार दिन चाँदीको मूल्य तोलामा १० रुपैयाँले वृद्धि भएको हो । अघिल्लो दिन १२ सय रुपैयाँमा कारोबार भएको चाँदी आज भने बढेर १२ सय १० रुपैयाँ पुगेको छ ।
वि.सं.२०७८ भदौ १ मंगलवार १०:५६ मा प्रकाशित