back
NMB ad

साढे ४३ प्रतिशतले घट्यो राष्ट्रिय बीमा कम्पनीको नाफा, कस्तो छ वित्तीय अवस्था ?

Kumari bank ad

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ चौथो त्रैमासिक वित्तीय अवस्था सार्वजनिक गरेको छ ।

गत वर्ष कम्पनीले ३६ करोड ३ लाख २८ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । कम्पनीको नाफा अघिल्लो वर्षको तुलनामा ४३.५७ प्रतिशतले कमी हो । अघिल्लो वर्ष कम्पनीले ६३ करोड ८५ लाख ६६ हजार रुपैयाँ नाफा कमाएको थियो ।

उक्त अवधिमा कम्पनीको कुल बीमाशुल्क आर्जन रकम १ अर्ब ६३ करोड ६० लाख ९९ हजार रुपैयाँ रहेको छ । गत वर्ष कम्पनीले.१५ करोड १८ लाख ५२ हजार रुपैयाँ कुल दावी भुक्तानी गरेको छ । उक्त अवधिमा भुक्तानी हुन बाँकी दावी रकम भने छैन ।

कम्पनी चुक्तापुँजी २६ करोड ६६ लाख ३९ हजार रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा ३ अर्ब १४ करोड ८५ लाख ११ हजार रुपैयाँ र बीमा कोषमा २ अर्ब ४३ करोड १ लाख ८० हजार रुपैयाँ राखेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी १३५ रुपैयाँ १४ पैसा र प्रतिसेयर नेटवर्थ १ हजार २८० रुपैयाँ ८१ पैसा रहेको छ ।

वि.सं.२०७८ भदौ १ मंगलवार ११:२८ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...