back
NMB ad

न्यादी हाइड्रोपावरको आइपीओ निष्काशन, कति दिन पाइन्छ आवेदन ?

Kumari bank ad

काठमाडौं । न्यादी हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीय र संस्थागत लगानीकर्ताको लागि साधारण सेयर (आइपीओ) निष्काशन गरेको छ ।

कम्पनीले भदौ १ गते (आज) देखि लमजुङ जिल्लाका स्थानीयलाई १५ लाख कित्ता र संस्थापक सेयरधनी संस्थाका कर्मचारीलाई ३ लाख कित्ता सेयर निष्काशन गरेको हो । कम्पनीले जिल्लाको मर्स्याङ्दी गाउँपालिका– ३, ६, ७ र ८ का स्थानीयलाई ५ लाख र जिल्लाको अन्य स्थानीयलाई १० लाख कित्ता आइपीओ निष्काशन गरेको हो ।

कम्पनीको उक्त सेयरमा प्रतिकित्ता १०० रुपैयाँ दरले न्यूनतम १० देखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिनसकिने छ । लगानीकर्ताले पहिलो चरणमा भदौ १५ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त अवधिमा माग अनुसार आवेदन नपरेको खण्डमा भदौ ३० गतेसम्म आवेदन दिन सकिने छ । स्थानीयका साथै कम्पनीका संस्थापक लगानीकर्ताहरु बुटवल पावर कम्पनी र लमजुङ विद्युत विकास कम्पनीलाई ३ लाख कित्ता सेयर छुट्याईएको छ ।

उक्त सेयरमा स्थानीयले जिल्लामा रहेका ग्लोबल आइएमई बैंकको शाखा सिभिल बैंकको भुलभुले शाखा र एनएमबि बैंकको बेशीसहर शाखाबाट आवेदन दिन सकिने छ । संस्थापक लगानीकर्ताले भने न्यादी हाइड्रोपावरको कार्यालय बुद्धनगर तथा ग्लोबल आइएमई क्यापिटलमा आवेदन दिन सकिने छ । यसको बिक्री प्रबन्धक पनि ग्लोबल आईएमई क्यापिटल रहेको छ ।

वि.सं.२०७८ भदौ १ मंगलवार १२:४१ मा प्रकाशित

You can share this post!

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...