back
NMB ad

सेयर लगानीकर्ताले नपत्याएकै हो त कम्पनीको वित्तीय विवरणलाई ? सेयर बजार स्थिर

Kumari bank ad

काठमाडौं । अहिले बैंक तथा वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय अवस्ता सार्वजनिक गरेका छन् । जसका वाणिज्य बैंकले त वित्तीय अवस्था सार्वजनिक गरिसकेका छन् ।

असार मसान्तसम्म बैंकहरुको नाफा २० प्रतिशतले बढेको देखिएको छ । कोरोना महामारीको समयमा बैंकहरुको नाफा २० प्रतिशत बढ्दा पनि सेयर लगानीकर्ताको ध्यान बैंकमा पर्न नसकेको देखिएको छ ।

मंगलबारको कारोबारमा सेयर बजार स्थिर रहँदा पनि बैंकिङ लगायतका अधिकांश समूहको उपसूचकमा गिरावट देखिएको छ । यसले गर्दा लगानीकर्ताले वित्तीय अवस्थालाई नरुचाएको जस्तो देखिएको छ । जसले गर्दा मंगलबार निकै उतार चढावकाबीच सेयर बजार स्थिर बनेको छ ।

कारोबारको सुरुदेखि नै बजारमा निकै उतार चढाव आएको थियो । तर अन्तिम समयमा बजार स्थिर बनेको छ । कारोबारमा २२१ कम्पनीको ३ करोड ६ लाख १३ हजार ४३९ कित्ता सेयर १८ अर्ब २० करोड ४९ लाख ३९ हजार २३७ रुपैयाँको सेयर किनबेच भएको छ । कारोबारमा अधिकांश समूहको उपसूचकमा गिरावट आएको छ ।

यो दिन बैंकिङ समूहको २३.१८, निर्जीबन बीमा १३२.५९, अन्य समूहको ३५.३६, जीवन बीमा समूहको उपसूचक २५१.७८ अंकले घटेको छ । यस्तै विकास बैंक समूहको उपसूचक २९२.७३, जलविद्युत ११६.९३, वित्त कम्पनी १४१.७७, उत्पादन तथा प्रशोधन समूहको ८९.७१, माइक्रोफाइनान्स समूहको उपसूचक ५.४९ अंकले बढेको छ ।

कारोबार रकमको आधारमा अपी पावर कम्पनी अग्रस्थानमा देखिएको छ । कम्पनीको ८६ करोड ३८ लाख २४ हजार ७१७ रुपैयाँको सेयर किनेबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा जलविद्युत लगानी तथा विकास कम्पनी र अरुण काबेली पावर रहेको छ ।

वि.सं.२०७८ भदौ १ मंगलवार १५:१७ मा प्रकाशित

You can share this post!

प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रिका प्रतिनिधिमण्डलको भेट   

प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रिका प्रतिनिधिमण्डलको भेट   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १४:०४

काठमाडौँ, ११ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग रुसको चेम्बर्स अफ...

नासाको भोएजर अन्तरिक्ष यानद्धारा पृथ्वीमा इन्जिनियरिङ् अद्यावधिक पठाउन पुनः सुरु   

नासाको भोएजर अन्तरिक्ष यानद्धारा पृथ्वीमा इन्जिनियरिङ् अद्यावधिक पठाउन पुनः सुरु   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १३:५८

लस एन्जलस, ११ वैशाख  : अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले नोभेम्बरपछि...

काठमाडौँका सामुदायिक विद्यालयमा स्वयंसेवक परिचालन   

काठमाडौँका सामुदायिक विद्यालयमा स्वयंसेवक परिचालन   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १३:४५

काठमाडौँ, ११ वैशाख : काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयको सौन्दर्यीकरण तथा...

सञ्चालनको तयारीमा नेपालगञ्ज आइसिपी   

सञ्चालनको तयारीमा नेपालगञ्ज आइसिपी   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १३:४०

राँझा (बाँके), ११ वैशाख : नेपालगञ्ज नाकामा नवनिर्मित एकीकृत भन्सार...

कतारका अमिरको स्वागतमा सिँगारियो काठमाडौँ   

कतारका अमिरको स्वागतमा सिँगारियो काठमाडौँ   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १३:३२

काठमाडौँ, ११ वैशाख : कतारका अमिर शेख तमिम बिन हमाद...

कतारी अमिरको नेपाल भ्रमण, सुरक्षा व्यवस्था चुस्त   

कतारी अमिरको नेपाल भ्रमण, सुरक्षा व्यवस्था चुस्त   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १२:१५

काठमाडौँ, ११ वैशाखः कतारका अमिर शेख तमिम बिन हमाद अल...