back
NMB ad

विद्युत प्राधिकरणको नाफा ६.५९ % ले घट्यो, भारतबाट विद्युत आयात बढ्यो

Kumari bank ad

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको नाफा ६.५९ प्रतिशतले घटेको छ ।

आर्थिक वर्ष २०७७-७८ मा विद्युत बिक्रीबाट कुल ७१ अर्ब २८ करोड रुपैयाँ आम्दानी भएको छ । जुन आ.व.२०७६-७७ को तुलनामा ६.५९ प्रतिशले कमी हो । उक्त आवमा प्राधिकरणको नाफा ७६ अर्ब ३१ करोड रुपैयाँ रहेको थियो ।

प्राधिकणका अुनसार आ.व.२०७७-७८ मा सञ्चालन खर्च अघिल्लो आर्थिक वर्षको ६१ अर्व ८७ करोडको तुलनामा १०.९६ प्रतिशतले बृद्घि भई ६८ अर्व ४५ करोड पुगेको छ । विद्युत खरिद बापत आ.व.२०७७-७८ मा ४१ अर्ब ४६ करोड खर्च भएको छ । जुन आ.व.७६-७७ को खरीद ३५ अर्ब १२ करोड भन्दा १८.०५ प्रतिशतले बढी रहेको छ ।

आ.व.२०७७-७८ मा प्राधिकरणको अन्य आम्दानी सहितको खुद आम्दानी ८० अर्ब ३५ करोडमा सञ्चालन खर्च ६८ अर्ब ६४ करोड कट्टा गर्दा हुन आउने सञ्चालन मुनाफा ११ अर्ब ७१ करोड रहेको छ । यो संचालन मुनाफा आ.व. २०७६-७७ को २३ अर्ब ७४ करोडको तुलनामा ५०.६७ प्रतिशतले घटी हो ।

गत आ.व.मा कर अघिको मुनाफा ६ अर्व रहेको छ जुन आ.व.२०७६-७७ को रु १३ अर्ब २७ करोडको तुलनामा ५४.७३ प्रतिशतले कमी हो । साथै आ.व. २०७६-७७ को कर पछिको खुद मुनाफा रु ११ अर्ब ६८ करोड रहेकोमा गत आ.व.मा ३ अर्ब ५१ करोड अर्थात ६९.९४ प्रतिशतले कमी रहेको छ ।

प्रणालीमा उपलब्ध विद्युतमा खरिदको हिस्सा ६८.३४ प्रतिशत रहेको छ । विद्युत विक्री बापत प्राप्त आम्दानीकोे ५८.८३ प्रतिशत रकम विद्युत खरिदमा खर्च भएको छ । आ.व.२०७६÷७७ को तुलनामा प्राधिकरणको उत्पादन घटेको र विद्युत आयात बढ्न गएकोले आ.व.२०७७÷७८ मा विद्युत खरिद बापतको खर्चमा १८.०५ प्रतिशतले बृद्घि भएको छ ।

९० प्रतिशत जनसंख्या ग्रिडको पहुँचमा

विगतमा जस्तै गतवर्ष पनि विद्युत खपत गर्ने ग्राहकहरूको संख्यामा बृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गतवर्ष ७.३७ प्रतिशतले ग्राहकको संख्यामा बृद्धि भई ४२ लाख २२ हजारबाट ४५ लाख ३० हजार पुगेको छ ।सामुदायिक संस्थातर्फका ५ लाख ५० हजार ग्राहक सहित विद्युत उपभोग गर्ने कूल ग्राहकको संख्या ५० लाख ८० हजार पुगेको छ ।

समग्रमा हालसम्म कुल ९० प्रतिशत देशको जनसंख्यामा आधारभूतरूपमा ग्रीडको पहुँचसहितको विद्युत पुगेको छ । प्राधिकरणले कोरोना महामारीका बाबजुद आ.व.२०७७÷७८ सम्ममा जम्मा ३२ जिल्लामा सारभूतरूपमा पूर्ण विद्युतीकरण गर्न सफल भएको छ । कर्णाली प्रदेशका कालीकोट र जुम्लामा समेत राष्ट्रिय प्रसारण प्रणालीबाट विद्युत पु¥याइएको छ ।

प्राधिकरणको उत्पादन घट्यो, भारतबाट आयात बढ्यो

आ.व. २०७७-७८ मा प्राधिकरणका जलविद्युतगृहबाट कुल २ अर्व ८१ करोडयुनिट विद्युत उत्पादन भयो । यो आ.व.२०७६-७७ को उत्पादन ३ अर्व २ करोड युनिटको तुलनामा ६.९६ प्रतिशतले घटी हो ।

आ.व.२०७६-७७ मा निजी क्षेत्रका विद्युतगृहहरूबाट २ अर्व ९९ करोड युनिट विद्युत प्राप्त भएकोमा गत आ.व.मा ८.३६ प्रतिशतले बढ्न गई ३ अर्व २४ करोड युनिटप्राप्त भएको छ ।

यस्तै, आ.व. २०७६-७७ मा भारतबाट १ अर्व ७३ करोड युनिट विद्युत खरिद गरिएकोमा ऊर्जाको माग बढेको र प्राधिकरणको उत्पादन घटेको कारणले गत आ.व.मा ६३.४५ प्रतिशत बढी अर्थात् २ अर्व ८२ करोड युनिट विद्युत खरिद गरिएको छ ।

गत आ.व.मा प्रणालीमा ८ अर्व ८७ करोड युनिट घन्टा विद्युत उपलब्ध भयो । जुन, आ.व.२०७६-७७ मा ७ अर्व ७४ करोड युनिटको तुलनामा १४.६८ प्रतिशत बढी होे । कूल उपलब्ध ऊर्जा मध्ये प्राधिकरणका विद्युतगृहको योगदान ३१.६६ प्रतिशत रह्यो भने आयातित र निजी क्षेत्रबाट किनिएको विद्युतको योगदान क्रमशः ३१.८३ प्रतिशत र ३६.५१ प्रतिशत रहेको छ ।

आ.व.२०७७-७८ मा कुल विद्युत खपत७ अर्व ३१ करोड युनिट रहेको छ । जुनआ.व.२०७६-७७को ६ अर्व ५२ करोड ९० लाख युनिटको तुलनामा १२ प्रतिशतले बढिरहेको छ ।

विद्युत चुहावट बढ्यो

आ.व.२०७७-७८ मा विद्युत चुहावट १७.१८ प्रतिशत रहेको छ,जुन आ.व.७६-७७ को तुलनामा १.९१ प्रतिशतले बढी हुन आउँछ । विद्युत खपतमा भएको बृद्घि, कोभिड-१९ को कारणले चुहावट नियन्त्रणको कार्यक्रम उल्लेख्य रुपमा सञ्चालन गर्न नसकिएको र नियमित मिटर रिडिङ्ग हुन नसकेको आदि कारणले उक्त चुहावटमा बृद्घि हुन गएको छ ।

वि.सं.२०७८ भदौ १ मंगलवार १६:५९ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...