back
NMB ad

झनै सस्तियो सुनको मूल्य : प्रतितोला ७ हजार ७ सय रुपैयाँले घट्यो, चाँदीको कति ?

Kumari bank ad

काठमाडौं । एक वर्षको अवधिमा सुनको मूल्यमा भारी गिरावट आएको छ । गत वर्षको साउन महिनाको अन्तिम कारोबार दिनदेखि यस वर्षको साउन अन्यतसम्म आउँदा सुनको मूल्यमा ७ हजार ७ सय रुपैयाँको गिरावट आएको हो ।

गत साउन मसान्तमा ९८ हजार ४ सय रुपैयाँमा खरिदबिक्री भएको छापावाला सुनको मूल्य यस वर्षको साउन मसान्तमा भने घटेर ९० हजार ७ सय रुपैयाँमा झरेको छ ।

गत वर्षको साउन महिना सुनको मूल्य इतिहासकै उच्च वृद्धि भई १ लाख ३ हजार ५ सय रुपैयाँ पगेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो वर्षको साउन भने ९३ हजार २ सय रुपैयाँ भन्दा माथि पुग्न सकेन । गत वर्ष साउन २३ गते नेपाली बजारमा सुनको मूल्य १ लाख ३ हजार ५ सय रुपैयाँ कायम भई ऐतिहासिक रेकर्ड बनाएको थियो ।

यस्तै, गत वर्षको साउन महिना र यो वर्षको साउन मसान्तसम्म आईपुग्दा तेजावी सुनको मूल्य ९० हजार १ सय रुपैयाँ कायम भएको छ । तेजावी सुन गत वर्षको साउन अन्त्यमा ९७ हजार ९ सय रुपैयाँ पुगेको थियो ।

त्यसैगरि उक्त अवधिमा चाँदीको मूल्यमा भने १२५ रुपैयाँको गिरावट आएको छ । गत साउन महिनाको अन्तिम कारोबार दिन १३ सय २५ रुपैयाँ कारोबार चाँदीको भाउ यो वर्ष साउन अन्त्यसम्म आईपुग्दा १२ सय रुपैयाँमा झरेको छ ।

वि.सं.२०७८ भदौ २ बुधवार ०९:४९ मा प्रकाशित

You can share this post!

नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुलाई ३ रात...

कतारका अमिर भ्रमण सम्पन्न गरी फिर्ता, राष्ट्रपति पौडेलले गरे बिदाई   

कतारका अमिर भ्रमण सम्पन्न गरी फिर्ता, राष्ट्रपति पौडेलले गरे बिदाई   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:३७

काठमाडौँ, १२ वैशाखः मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद...

नेपाल-कतार द्विपक्षीय वार्ताः नेपालमा लगानी गर्न प्रधानमन्त्री दाहालको आग्रह   

नेपाल-कतार द्विपक्षीय वार्ताः नेपालमा लगानी गर्न प्रधानमन्त्री दाहालको आग्रह   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:३०

काठमाडौँ, १२ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र कतारबीच...

नेपाल र कतारबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी   

नेपाल र कतारबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:२५

काठमाडौँ, १२ वैशाखः नेपाल र कतारबीच कला संस्कृति, शिक्षा, सञ्चार,...

विद्युत् खपत बढाउने सन्देशसहित ‘हिमालयन हाइड्रो एक्स्पो–२०२४’ सुरु   

विद्युत् खपत बढाउने सन्देशसहित ‘हिमालयन हाइड्रो एक्स्पो–२०२४’ सुरु   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:१८

काठमाडौँ, १२ वैशाख : काठमाडौँ–विद्युतीय सवारी (इभी) र्यालीसँगै हिमालयन हाइड्रो...

धार्मिक पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा   

धार्मिक पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा   

वि.सं.२०८१ वैशाख १२ बुधवार १२:४२

त्रिवेणी (नवलपरासी), १२ वैशाख : नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली...