back
NMB ad

काठमाडौं महानगर–१२ को कार्यालय भवन शिलान्यास, पचली क्षेत्रमा निर्माण गर्ने योजना सार्दा ढिला भयो : प्रमुख शाक्य

Kumari bank ad

काठमाडौं । काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यले वडा १२ कार्यालय भवनको शिलान्यास गर्नुभएको छ । टेकु चल्खुस्थित पुरानो कार्यालय भएकै ठाउँमा उहाँले आज सांस्कृतिक पूजा गर्दै भवनको शिलान्यास गर्नुभएको हो ।

‘हामीले वडा भवन पचली क्षेत्रमा बनाउने योजना तयार गरेका थियौँ । सुन्दर बगैँचा र खुल्ला स्थानसहितको वडा भवन बनाउने प्रस्तावित ठाउँमा केही विवाद देखियो । विवाद समाधानको समय कुर्दा समय लाग्यो । नत्र अहिलेसम्ममा वडा भवन निर्माण भएर प्रयोगमा आइसक्ने थियो ।’ शिलान्यासपछि प्रतिक्रिया दिँदै प्रमुख शाक्यले भन्नुभयो, ‘हामी विवादमा पर्न चाहेनौँ । त्यसैले पुरानै वडा भएको ठाउँमा नयाँ भवन बनाउने निर्णयमा पुग्यौँ ।’

मेरो नेतृत्वमा महानगरमा जनप्रतिनिधि आइसकेपछिको पहिलो कार्यपालिका बैठकमा हामीले महानगरको व्यवस्थित सेवाका लागि केन्द्रीय र वडा भवन निर्माण गर्ने सर्वसम्मत निर्णय गरेका थियौँ । त्यही निर्णय कार्यान्वयनका क्रममा आज वडा १२ को कार्यालय भवन शिलान्यास गरिएको हो । प्रमुख शाक्यको भनाइ थियो ।

सेवा प्रवाहका लागि यो महत्वपूर्ण काम भएको छ । भवन निर्माणका विषयमा कुरा गर्दै वडाध्यक्ष विकास डंगोलले भन्नुभयो, ‘भ्याटसहित वडाको लागत ४ करोड २५ लाख ३२ हजार ४४८ लागत अनुमान गरिएको थियो । निर्माण कार्य खरिद प्रक्रियामा भ्याटसहित ३ करोड २० लाख ५१ ह्जार ६७० रुपैयाँ कवोल गर्ने निर्माण पक्षले यसको जिम्मेवारी पाएको छ ।’

भवनका डिजाइनर इञ्जिनियर प्रेमबहादुर श्रेष्ठकाअनुसार भवन जमिनतलासहित ६ तले हुनेछ । ०—४—१—२ मा निर्माण हुने भवनको भूमिगत तलामा पार्किङ् हुनेछ ।

अपाङ्गमैत्री भवनमा ६ जना अट्ने लिफ्ट पनि जडान हुनेछ । पाँचौँ तलामा ६० जना अट्ने सभा कक्ष हुनेछ । भवनको निर्माण अवधि १५ महिना अर्थात् ०७९ असार १५ गतेसम्म राखिएको छ ।

वि.सं.२०७८ भदौ २ बुधवार १६:२१ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...