काठमाडौं । साताको पाँचौ कारोबार दिन नेपाली बजारमा सुनको मूल्यमा गिरावाट आएको छ । बिहीवार छापावाला सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको हो ।
अघिल्लो दिन ९१ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज घटेर ९० हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघले तेजावी सुनको मूल्य आजका लागि ९० हजार ३ सय रुपैयाँ निर्धारण गरेको छ ।
यस्तै, उक्त दिन चाँदीको मूल्यमा पनि गिरावट आएको छ । आज चाँदी प्रतितोला २५ रुपैयाँले घटेर ११ सय ८० कायम भएको महासंघले जनाएको छ । अघिल्लो दिन १२ सय ५ रुपैयाँमा कारोबार भएको थियो ।
वि.सं.२०७८ भदौ ३ बिहीवार ११:०० मा प्रकाशित